Live

इरान भर्सेस न्युजिल्यान्ड

खाडी युद्धका कारण सहभागिता अनिश्चित बनेको इरानले अन्ततः विश्वकप २०२६ मा न्युजिल्यान्डसँग लस एन्जलसमा प्रतिस्पर्धा गरिरहेको छ।

असार २, २०८३

कान्तिपुर संवाददाता

Iran vs New Zealand

5 Updates

(08:50 AM)

न्युजिल्यान्डसँग इरानको पुनरागमन बराबरी

इरानले दुई पटक पछाडि रहेको स्थितिबाट खेलमा फर्कदै मंगलबार विश्वकप २०२६ मा न्युजिल्यान्डलाई २–२ को बराबरीमा रोकेको छ । लस एन्जलस स्टेडियमको यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह जी को शीर्ष दुई स्थानमा रहे । यसै समूहमा बेल्जियम र इजिप्ट पनि समान एक एक अंकमा छन् । न्युजिल्यान्डका लागि इजिल जस्टले दुई गोल गरे । न्युजिल्यान्डले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो र यसक्रममा जस्टले गोलको खाता खोले । उनले त्यसका लागि इरानी पेनाल्टी एरियामा सबैभन्दा पहिले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए । इरान ३२ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । न्युजिल्यान्डको पेनाल्टी एरियामा पाएको बलमा रमनी रेजाइनले चलाखीपूर्ण गोल गरे । त्यस अगाडि इरानका मेहदी तारेमीले २४ औं मिनेटमा गरेको प्रहार न्युजिल्यान्डको पोस्टमा लागेको थियो । जस्टले ५४ औं मिनेटमा न्युजिल्यान्डका लागि दोस्रो गोल गरे । मैदानको मध्य भागबाट सुरु भएको आक्रमणलाई उनले सुन्दर गोलमा परिणत गरे । यसै क्रममा उनी विश्वकप इतिहासको एकै खेलमा दुई गोल गर्ने न्युजिल्यान्डका पहिलो खेलाडी पनि भए । तर त्यो अग्रता पनि लामो समय टिकेन् र इरानले खेलको ६३ औं मिनेटमा फेरि बराबरी गोल फर्काउन सफल रह्यो । अनमार्क रहेका मोहम्मद मोहेबीले सजिलै हेडिङबाट गोल गरे ।

Iran's comeback draws with New Zealand

(08:10 AM)

न्युजिल्यान्डलाई फेरि अग्रता

न्युजिल्यान्डले इरानविरुद्धको खेलमा दोस्रो हाफमा अग्रता लिएको छ । मैदानको मध्य भागबाट सुरु भएको आक्रमणलाई इजिल जस्टले ५४ औं मिनेटमा सुन्दर गोलमा परिणत गरे । उनकै गोलमा न्युजिल्यान्डले सुरुआती अग्रता लिएको थियो । यससँगै न्युजिल्यान्डले खेलमा २–१ को अग्रता लिएको छ । जस्ट विश्वकप इतिहासको एकै खेलमा दुई गोल गर्ने पहिलो न्युजिल्यान्डका खेलाडी पनि भएका छन् ।

New Zealand takes the lead again

(07:41 AM)

पहिलो हाफमा न्युजिल्यान्ड र इरानबीच बराबरी

न्युजिल्यान्ड र इरानबीच लस एन्जलस स्टेडियममा चलिरहेको खेलको पहिलो हाफ टुंगिदा दुवै टिम १–१ को रोमाञ्चक बराबरीमा रहेका छन् । न्युजिल्यान्डले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो र यसक्रममा इलिज जस्टले गोल गरे । उनले त्यसका लागि इरानी पेनाल्टी एरियामा सबैभन्दा पहिले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए । इरान ३२ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । न्युजिल्यान्डको पेनाल्टी एरियामा पाएको बलमा रमनी रेजाइनले चलाखीपूर्ण गोल गरे । त्यस अगाडि इरानका मेहदी तारेमीले २४ औं मिनेटमा गरेको प्रहार न्युजिल्यान्डको पोस्टमा लागेको थियो । समूह जी को यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेलेका थिए ।

New Zealand and Iran draw in the first half

(07:25 AM)

इरानको गोल सँगै खेल बराबरी

इरानले ३२ औं मिनेटमा गोल फर्काएको छ । न्युजिल्यान्डको पेनाल्टी एरियामा पाएको बलमा रमनि रेजाइनले चलाखीपूर्ण गोल गरे । यससँगै खेल १–१ को बराबरीमा रहेको छ । त्यस अगाडि इरानका मेहदी तारेमीले २४ औं मिनेटमा गरेको प्रहार न्युजिल्यान्डको पोस्टमा लागेको थियो ।

Iran's goal equalizes the game

(06:59 AM)

इरानविरुद्ध न्युजिल्यान्डलाई सुरुवाती अग्रता

खेलको सातौं मिनेटमा न्युजिल्यान्डले अग्रता लिएको छ । प्रतिस्पर्धात्मक रुपमा सुरु भएको खेलमा न्युजिल्यान्डका लागि इलिज जस्टले गोल गरे । उनले त्यसका लागि इरानी पेनाल्टी एरियामा सबैभन्दा पहिले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए ।

कान्तिपुर

Link copied successfully