Live

साउदी अरेबिया vs उरुग्वे

साउदी अरेबिया र उरुग्वे बीचको फिफा विश्वकप २०२६ को खेल जारी छ।

असार २, २०८३

कान्तिपुर संवाददाता

Saudi Arabia vs Uruguay

3 Updates

(05:55 AM)

साउदी अरेबिया र उरुग्वेबीच १–१ को बराबरी

फिफा विश्वकप अन्तर्गत आजको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् । पहिलो हाफमा एक गोलको अग्रता लिएको साउदीले दोस्रो हाफमा उक्त अग्रता जोगाउन सकेन । ८० औं मिनेटमा उरुग्वेले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । अन्तिसम्म दुवै टिमबाट अर्को कुनै गोल नभएपछि खेल १–१को बराबरीमै सकिएको हो। 

(05:35 AM)

उरुग्वेले गोल फर्कायो

पहिलो हाफमा अग्रता पाएको साउदी अरेबियाविरुद्ध उरुग्वेले गोल फर्काएको छ । खेलको ८० औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा आएको छ । उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन् । अन्तर्राष्ट्रिय फुटबलमा उनको यो पहिलो गोलसमेत हो । 

(04:41 AM)

पहिलो हाफमा उरुग्वेविरुद्ध साउदी अरेबियाको एक गोलको अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत साउदी अरेबिया र उरुग्वेबीच पहिलो हाफ सकिँदा साउदी अरिबियाले एक गोलले अग्रता बनाएको छ । पहिलो हाफको अन्तिमतिर ४१ औं मिनेटमा साउदीका लागि अद्दुलेलाह अल अमिरीले गोल गर्दै  अग्रता दिलाएका हुन् । यो खेल मियामी रंगशालामा भइरहेको छ ।

विश्वकपसँग सम्बन्धित थप अपडेट, खेलको नतिजा, खेलाडी तथ्याङ्क तथा अन्य जानकारीका लागि worldcup.ekantipur.com मा लगइन गर्नुहोस्।

Saudi Arabia takes a one-goal lead against Uruguay in the first half

कान्तिपुर

Link copied successfully