प्रतिष्ठा प्रमाणित गर्ने चुनौतीमा बेल्जियम

बेल्जियम समूह ‘जी’ मा छ । टोलीलाई नै यसमा सबैभन्दा बलियो मानिएको छ ।

असार १, २०८३

रोयटर्स

Belgium faces a challenge to prove its reputation

What you should know

सियाटल — बेल्जियमले यस विश्वकपमा सोमबार इजिप्टको सामना गर्दा त्यसमा आफ्नो प्रतिष्ठा प्रमाणित गर्ने चुनौती हुनेछ । बेल्जियम समूह ‘जी’ मा छ । टोलीलाई नै यसमा सबैभन्दा बलियो मानिएको छ । तर इजिप्ट आफैं पनि आत्मविश्वासी रहनेछ, किनभने पछिल्लो समय जतिबेला यी दुई टिम भिडेका थिए, त्यतिबेला जित अफ्रिकी टिमकै भएको थियो । 

इजिप्टलाई के पनि विश्वास रहनेछ भने युरोपेली फुटबलको एउटा शक्तिलाई रोक्ने क्षमता आफूमा छ । उत्तर अमेरिकामा भइरहेको विश्वकपमा प्रवेश गर्दा बेल्जियमलाई त्यस्तो टिम मानिएको छ, जसले लामो यात्रा तय गर्नेछ । सन् २०१८ को विश्वकपमा बेल्जियम तेस्रो स्थानमा आएको थियो र यो नै यस प्रतियोगिताको इतिहासमा उसको उत्कृष्ट नतिजा छ । तर त्यो पुस्ताका खेलाडी अहिलेको टिममा धेरै कम छ भन्दा हुन्छ । 

बेल्जियमको टिममा अझै पनि केभिन डी ब्रुएना, रोमेलु लुकाकु र थिओ कोटिया प्रमुख खेलाडी छन्, तर प्रशिक्षक रुडी गार्सियाले नयाँ खेलाडीलाई पनि अवसर दिएका छन् । यस्ता उदीयमान खेलाडीमा छन् जेरेमी डोकु, अमान्डो आनाना र चार्ल्स डे केटलेरे । बेल्जियमको खेल्ने शैली छ, बलमाथि अत्यधिक नियन्त्रण राखेर खेल्ने । इजिप्ट भने रक्षापंक्तिमा जोड दिने टिम हो । टोलीको रणनीति ‘काउन्टर’ आक्रमणमा बढी टिक्ने छ । 

यो कामको जिम्मेवारी भने मोहम्मद सलाह र ओमर मर्मोसाले अगाडि बढाउने छन् । इजिप्ट चौथोपल्ट विश्वकप खेल्दै छ र अहिलेसम्म पनि उसको खातामा एक जित पनि रहेको छैन । इजिप्ट अफ्रिकाकै सबैभन्दा सफल टिम हो र उसले सातपल्ट अफ्रिकी कप अफ नेसन्स जितेको छ, तर अहिलेसम्म विश्वकपमा एकै खेल जित्न सकेको छैन । सन् २०२२ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा इजिप्टले बेल्जियमलाई २–१ ले हराएको थियो । 

जतिबेला यी दुई टिमबीचको खेल सुरु हुनेछ, यो प्रशिक्षक गार्सिया र सलाहबीचको पुनर्मिलन हुनेछ । भलै, यो एकअर्काविरुद्ध हुनेछ । जतिबेला सलाह एएस रोमाका खेलाडी थिए, त्यतिबेला टिमका प्रशिक्षक गार्सिया नै थिए । त्यसपछि मात्र सलाह रोमा छाडेर लिभरपुलतिर लागेका थिए । अहिले पनि गार्सिया के मान्छन् भने सलाह निकै उत्कृष्ट खेलाडी हुन् । 

उनले भनेका छन्, ‘हाम्रो समूहका सबै प्रतिद्वन्द्वी टिमविरुद्ध सम्मान छ । विश्वकप भन्नु नै यस्तो हुने गर्छ । इजिप्टबारे हामीलाई सबै जानकारी छ । इजिप्ट अफ्रिकाकै सबैभन्दा राम्रो टिम हो, मलाई सलाहबारे पनि पूर्ण जानकारी छ ।’ इजिप्टका लागि टिमको सम्भावित राम्रो प्रदर्शन पूर्णतः साहलमै निर्भर हुनेछ । सन् २०१८ को विश्वकपमा भने चोटका कारण सलाह चम्कन सकेका थिएनन् । 

यसपल्ट बेल्जियमलाई प्रतियोगिताकै ‘डार्क हर्स’ मानिएको छ । तर गार्सिया अहिलेका लागि आफ्नो टिमको सबैभन्दा ठूलो उद्देश्य नै नटकआउट चरण पुग्ने बताउँछन् । उनी भन्छन्, ‘सबैभन्दा पहिले हामी यो समूह जित्न चाहन्छौं । त्यसपछि के हुने हो, त्यो हेर्न छौं ।’ हुन पनि कम्तीमा कागजमा बेल्जियम बलियो टिम छ र टोलीले नै पहिलो खेलमा ३ अंक बटुल्न अपेक्षा गर्न सकिन्छ । इजिप्टलाई भने यो खेलमा केही पनि गुमाउनु रहने छैन, किनभने यो बेल्जियमलाई अप्ठ्यारोमा पार्न पनि सक्षम छ ।

रोयटर्स

Link copied successfully