गोर्खाजले करणसहित भीम सार्की, शाहब आलम, रसिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई ‘रिटेन’ गरेको छ ।
काठमाडौँ — काठमाडौं गोर्खाजले आउँदो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि मार्की खेलाडी करण केसीसहित ६ खेलाडीलाई सोमबार ‘रिटेन’ घोषणा गरेको छ ।
गोर्खाजले करणसहित भीम सार्की, शाहब आलम, रसिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई ‘रिटेन’ गरेको छ । त्यस्तै आकाश त्रिपाठी, दीपेश कँडेल, प्रतीक श्रेष्ठ, उत्तम थापामगर, तुलबहादुर थापा, सोनु देवकोटालाई रिलिज गरेको छ ।
पहिलो सिजनमा पाँचौँ भएको गोर्खाज गत सिजनमा प्लेअफमा पुगेको थियो र इलिमिनेटरमा च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
गत वर्ष टोलीबाट इंग्ल्यान्डका जोन सिम्पसन, बेन चार्ल्सवर्थ, रिकार्डो भास्कोनसेलेस, नामिबियाका कप्तान जेहर्राड इरसमस तथा अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेल खेलेका थिए ।
