कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

भाद्र २७, २०८१
राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

काठमाडौँ — यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि एक लाख रुपैयाँ र प्रशंसापत्र रहेको छ ।

राष्ट्रकविको जन्मजयन्तीका अवसरमा आगामी असोज ७ गते राष्ट्रपति निवास शीतलनिवासमा आयोजना गरिने विशेष समिारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । यसअघि सो पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको थियो ।

राष्ट्रकविको परिवारबाट मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानमा स्थापित कोषबाट प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिए ।

वरिष्ठ गीतकार प्राडा कृष्णहरि बरालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यसवर्ष गीति क्षेत्रमा वरिष्ठ गीतकार खरेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । विसं २०१४ देखि नै गीत लेखन र गायन क्षेत्रमा क्रियाशील ८८ वर्षीय खरेल हाल ‘डिस्टेनिया’ रोगबाट पीडित छन् ।

प्रकाशित : भाद्र २७, २०८१ १३:११
×