कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'लिबरेसन कन्सर्ट' मा नेपाली विद्यार्थी परिधिको प्रस्तुति

भाद्र २८, २०८१
'लिबरेसन कन्सर्ट' मा नेपाली विद्यार्थी परिधिको प्रस्तुति

काठमाडौँ — दोस्रो विश्व युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना हुने नेदरल्यान्डको 'लिबरेसन कन्सर्ट'मा नेपाली विद्यार्थीले प्रस्तुति दिएकी छिन् ।

सेप्टेम्बर १२ मा भएको उक्त कन्सर्टमा नेपाली विद्यार्थी परिधि भण्डारीले कविताको प्रस्तुति दिएकी हुन् । ४ हजार हाराहारी प्रतिष्ठित अनुहारहरू उपस्थित हुने मार्ग्रातेन क्षेत्रमा भएको कार्यक्रममा डच प्रधानमन्त्री जेन्स टस्टोल्टेनवर्ग पनि सहभागी थिए ।

परिधिलाई उनले अध्ययन गर्ने शैक्षिक संस्था यूनाइटेड वल्र्ड कलेज (यूडब्लूसी)को तर्फबाट स्थान दिइएको थियो । परिधिले आफ्नै कविता ‘ह्विस्पर्स फ्रम मार्ग्राटेन ग्राउन्ड ’ अर्थात् ‘ मार्ग्रातेन मैदानबाट साउती’ शीर्षक कविता वाचन गरिन् ।

कार्यक्रमको अमेरिकी टिभीमा समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।८० वर्ष अगाडि दोस्रो विश्व युद्धमा ज्यान गुमाएका अमेरिकी सैनिकहरूको स्मृतिमा कन्सर्ट आयोजना हुँदै आएको छ । उक्त स्थानमा १० हजार अमेरिकी सैनिकको चिहान छ ।

प्रकाशित : भाद्र २८, २०८१ ११:३८
×