वातावरण जोगाउनुपर्छ भनेर प्रत्यक्ष–परोक्ष वातावरणमैत्री व्यवहार गर्दै आएका व्यक्ति वा समूहले आफ्नै शैलीमा घरायसी फोहोर व्यवस्थापनदेखि वृक्षरोपणसम्म गरेका छन्, जसले समाज सफा भइरहेको छ ।
कौसी र करेसाबारीमा जैविक तरकारी वा फलफूल उत्पादन गर्दा चाहिने मल र माटोको विषयमा अधिकांश सहरवासी अनभिज्ञ छन्
सानो उमेर अर्थात् पूर्वप्रावि तथा प्रावि तहमै विद्यालयहरूले विद्यार्थीमा अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गराउन सर्वप्रथम उनीहरूको उमेर र रुचिअनुसारका बाल पुस्तक उपलब्ध गराउन जरुरी छ ।
शैक्षिक भ्रमणले पार्ने चौतर्फी सकारात्मक प्रभावबारे अझै पनि बहुसंख्यक विद्यालयका प्रधानाध्यापक, सञ्चालकलगायत शिक्षकहरूले बुझेको देखिँदैन
पछिल्लो समय प्रशिक्षार्थीहरूमा उद्यमशीलतासँगै बजारीकरणसम्बन्धी आधारभूत ज्ञानको कमीले स्थानीय तहलगायत प्रदेश सरकारले दिने गरेका तालिमहरू उपयोगी हुँदाहुँदै पनि यस्ता तालिमहरू फलदायी बन्न सकेका छैनन् ।
मदिराजन्य वस्तुको बेचबिखनबाट राज्यले प्राप्त गर्दै आएको राजस्वभन्दा कैयौं गुणा बढी मानव स्वास्थ्य तथा समाजमा पारेको नकारात्मक र दूरगामी प्रभावबारे सरकारले अध्ययन गर्न जरुरी छ ।