साताका पाँच दिन कक्षाकोठामै पढाए पनि शुक्रबारका दिन, पानी नपरेका बेला, यूकेजीका विद्यार्थीलाई मैले आफ्नो कौसीखेती अवलोकन गराउँदै आएकी छु । वर्षायाममा करेसाबारीभन्दा कौसीमा मौसमी तरकारीसहित फलफूल बढी सप्रने गरेकाले पनि कौसीखेती अवलोकन बढी फलदायी हुने गरेको छ ।
मैले घरायसी फोहोर चिन्न र स्रोतमै वर्गीकरण गर्न थालेको ठ्याक्कै दुई दशक भयो । बिहान–बेलुकी भान्साबाट निस्कने दुईथरी कुहिने फोहोरलाई वर्गीकरण गरी अलगअलग भाँडामा राख्दै आएकी छु । एउटामा पाकेको र अर्कोमा हरियो तरकारी र फलफूलबाट निस्कने फोहोर । यी दुवै फोहोरलाई मैले कौसीखेतीमा उपयोग गर्दै आएकी छु ।
आसन्न स्थानीय तह निर्वाचनमा अघिल्लो पटकको तुलनामा महिला प्रतिनिधित्व घटेको छ । उपप्रमुख– उपाध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यमा सीमित महिलाले यसपालि प्रमुख–अध्यक्ष तथा वडाध्यक्ष पदका लागि पनि दाबी गरे । तर, दलहरू सो दाबीप्रति संवेदनशील देखिएनन् ।
अघिल्लो स्थानीय निर्वाचनताका छिमेकी सभासद डिला संग्रौला वडाध्यक्षका उम्मेदवारसहित घरदैलो कार्यक्रमअन्तर्गत मेरो घर आउनुभएको थियो । सामान्य कुराकानीपछि उहाँले वडाध्यक्षका उम्मेदवारसँग परिचय गराउनुभयो । मैले वडावासीको नाताले उम्मेदवारलाई चिनेको तर पृष्ठभूमि र सक्रियताबारे थाहा नपाएको कुरा राखेकी थिएँ ।
केहीअघि छोरीको विवाह सम्पन्न गरियो । बिहेताका केही आफन्तले ‘छोरीलाई दाइजो दिन केही तयार गर्नुभएको छ कि !’ भनेर सोधेपछि हामी दम्पती किंकर्तव्यविमूढ भएका थियौं । जनजाति समुदायमा न छोरीलाई दाइजो दिने चलन छ न छोराको बिहेमा दाइजोको आस नै गरिन्छ । तथापि पछिल्लो समय कतिपय हुनेखाने अभिभावकले अरू समुदायको देखासिकी गर्दै जनजाति समुदायमा पनि बिहेताका दाइजोका रूपमा सुनचाँदीका गहनासहित जिन्सी सामानहरू दिने प्रचलन बढ्दै छ ।
चिनजानकी एक बहिनीले केही दिनअघि मात्र आफ्नी सानी छोरीलाई घर नजिकैको निजी विद्यालयमा भर्ना गरेकी थिइन् । एउटी छोरी पढाउन पनि उनको परिवारलाई आर्थिक सकस थियो । यसबीच त उनी पुनः गर्भवती भइछन्, श्रीमान् र सासूको दबाबमा । मैले उनका श्रीमान्लाई सोधें, ‘एउटै छोरीलाई राम्ररी हुर्काउन नसकिरहेको अवस्थामा किन अर्को बच्चा चाहियो ?’ उनले फ्याट्ट जवाफ दिए, ‘एउटा छोरा चाहिन्छ नि म्याम ।’
मैले घरायसी फोहोरमध्ये कुहिने फोहोरको घरेलु र वैज्ञानिक व्यवस्थापन गर्न थालेको ठ्याक्कै डेढ दशक भयो । कुहिने फोहोर दुई थरीका हुन्छन्— हरियो तरकारी र फलफूलबाट निस्कने र पाकेको । भान्सामा दुइटा भाँडा राखेर, एउटामा हरियो तरकारी र फलफूलबाट निस्कने फोहोर अर्कोमा पाकेको फोहोर हाल्नुपर्छ । मैले हरियो तरकारी र फलफूलबाट निस्कने फोहोरलाई जैविक मलका रूपमा प्रयोग गर्दै आएको छु भने पाकेको फोहोरलाई सुकेको माटोमा मिसाउने गर्छु ।
युकेजीमा पढ्ने श्रेया आले मगरलाई चित्रकारिता मन पर्छ । कक्षाकार्य सकेपछि चित्र कोर्न र रंग भर्न मन पराउने उनले कहिलेकाहीँ शिक्षकले भन्दा राम्रो चित्र कोर्छिन् र फूलबुट्टा पनि भर्छिन् । त्यसो त, श्रेयाका अरू साथी पनि चित्र कोर्ने भनेपछि हुरुक्कै हुन्छन् । हरेक दिनजसो अंग्रेजी र विज्ञानको कक्षाकार्य सकिएपछि उनीहरूले विद्यालयले दिएका सादा कापीमा विभिन्न चित्र बनाउने र रंग भर्ने गर्छन् । गिलास र कप बनाउन पनि सिक्दै छन् ।
दुई दशकअघि मलाई सिक्किमको गान्तोक सहर घुम्ने अवसर जुर्यो । मलाई त्यहाँको रमणीय दृश्यले मात्र तानेन, पूरै सहर प्लास्टिकमुक्त देख्दा अचम्मै परेँ । फोहोर संकलन गर्ने गाडीले बिहानबिहान सिटी बजाएपछि सबैले आ–आफ्नो फोहोर लिई घरअगाडि उभिनुपर्ने नियम गज्जबै लाग्यो । बाटोछेउ खानेकुरा बेच्न नपाइने रहेछ । बजारक्षेत्रको पसलबाहिर हामीकहाँ जस्तो सामानहरू असरल्ल झुन्ड्याउन पनि बन्देज लगाइएको रहेछ ।