काठमाडौँ — नेपाल राष्ट्र बैंकले वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधा बढाएको छ । अब वस्तु आयात गर्दा ५० हजार अमेरिकी डलर सुविधा पाउने भएको हो । यसअघि ३५ हजार अमेरिकी डलर मात्रै उपलब्ध थियो ।
‘ड्राफ्ट/टी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिने,’ मौद्रिक नीतिमा उल्लेख छ ।
'डकुमेन्ट अगेन्टस् पेमेन्ट' र 'डकुमेन्ट अगेन्ट्स् एसेप्टेन्स'को माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गर्ने राष्ट्र बैंकले जनाएको छ ।
