कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमनका लागि छुट्टै संयन्त्र बनाउन सरकारसँग समन्वय गर्ने भएको छ ।

सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

शुक्रबार बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गर्ने उल्लेख छ ।

पछिल्लो समय सहकारीहरूमा बचतकर्ताको निक्षेप हिनामिने हुने घटना बढिरहेकाले पनि नियमनका लागि छुट्टै संयन्त्र निर्माणको माग हुँदै आएको थियो ।

प्रकाशित : श्रावण ११, २०८१ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×