एउटा कम्पनी कालो सूचीमा परे अर्को कम्पनीलाई पनि सूचीमा राख्न अनिवार्य नहुने

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

If one company is blacklisted, it is not mandatory to blacklist the other company as well

काठमाडौँ — राष्ट बैंकले अब संयुक्त लगानीका कम्पनीहरूमा एउटा फर्म वा कम्पनी कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि यस्तो सूचीमा राख्न अनिवार्य नहुने व्यवस्था गर्ने भएको छ। शुक्रबार मौद्रिक नीति जारी गर्दै  यसअघि संयुक्त लगानीको कम्पनी नै कालो सूचीमा पर्दा भने यसमा आबद्ध सबै कम्पनी यस्तो सूचीमा पर्ने व्यवस्था गरेको थियो। 

हाल राष्ट्र बैंकले कालो सूचीमा परेको कुनै व्यक्ति वा संस्थाको अन्य कुनै फर्म, कम्पनी, संगठित संस्थामा व्यक्तिगत वा संस्थागत रूपमा १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएमा त्यस्तो फर्म, कम्पनी वा संगठित संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखलाई पनि कालो सूचीमा राख्न सकिने व्यवस्था गरेको गर्दै आएको छ।

मौद्रिक नीति २०८१/०८२

कान्तिपुर

Link copied successfully