मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछ : अध्यक्ष ढकाल

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Monetary policy is positive, increases the self-reliance of the private sector: President Dhakal

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति आएको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात न्युज एजेन्सी नेपालसँग प्रारम्भिक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए ।  निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको उनले स्वागत गरे । 

बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजीकरण गर्नु राम्रो पक्ष रहेको उनको धारणा थियो ।

‘१२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य राखेको देखियो । निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको देखियो । बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म भनेको थियो । त्यसले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजीकरण गरेको देखियो । विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको छ' उनले भने ।

 मौद्रिक नीतिले बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने उनले बताए ।

'निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गर्ने भनिएको छ । मौद्रिक नीतिले सकारात्मक देखिएको छ । शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेज गरेको छ । त्यसले पनि मौद्रिक नीति सकारात्मक छ । निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर बनाएको थियो । त्यसलाई मौद्रिक नीतिले सम्बोधन गरेको छ' उनले भने ।

मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई सम्बोधन गर्न खोजेको उनले बताए । 'मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा नआउने गरेको छ । सर्कुलरमा पनि त्यहीअनुसार आउनुपर्छ । मौद्रिक नीतिले मात्रै निजी क्षेत्रको आत्मबल बढाउने होइन । सरकारको स्थिर नीति लगायत स्थिर सरकारले फरक पर्छ । मौद्रिक नीति सहज आएको छ । त्यसले केही हदसम्म आत्मबल बढाउन सहयोग पुर्‍याउँछ’ उनले भने ।  

कान्तिपुर

Link copied successfully