काठमाडौँ — नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाउने जनाएको छ । शुक्रबार बैंकले सार्जनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाइने उल्लेख गरिएको छ ।
मौद्रिक नीतिमा वित्तीय साक्षरतालाई अभियानकै रुपमा अगाडि बढाउादै ग्राहकहित संरक्षण गरिने जनाइएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्व र सेवाग्राहीप्रति बैंक तथा वित्तीय संस्थाको दायित्व, कर्जा व्यवस्थापन, ब्याजदर, वित्तीय सेवाको तुलनात्मक विश्लेषण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।
त्यस्तै डिजिटल बैंकिङ, वित्तीय ज्ञान एवम् मनोवृत्तिमार्फत वित्तीय व्यवहारमा परिवर्तन लगायतका विषयहरु समेटी बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय सचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।
