सेयर कर्जामा संस्थागत २० करोडको सीमा खारेज

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Institutional limit of 20 crores on share loans has been abolished

काठमाडौँ — नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान २० करोड रुपैयाँको सीमा खारेज गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले सेयर कर्जामा संस्थागत २० करोडको सीमा खारेज गरेको हो ।

‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

व्यक्तिगत सीमा भने कायम नै रहेकाे राष्ट्र बैंकले जनाएकाे छ । सेयर कर्जामा व्यक्तिगत सीमा १५ करोड रूपैयाँ छ ।

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति प्रदान गरिसकेको छ  ।

मौद्रिक नीति २०८१/०८२मौद्रिक नीति

कान्तिपुर

Link copied successfully