मौद्रिक नीतिले समर्थन पायो अब गतिसाथ काम गर्नुपर्छ : प्रधानमन्त्री

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Monetary policy got support, now we have to work fast: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूको शपथपछि सम्बोधन गर्दै उनले मौद्रिक नीतिमा समर्थन मिल्नु सकारात्मक भएको बताए ।

'यो समर्थन मिल्नु राम्रो कुरा हो । हामीले अब गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्नेछ' प्रधानमन्त्री ओलीले भने ।

उनले नवनियुक्तहरुलाई बधाई र शुभकामना दिँदै आफ्नो कार्यकालमा देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्नुपर्ने बताए ।

'मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने छ । उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेछ । तपाईंहरुले समन्वयात्मकरूपमा काम गर्नुहोला' प्रधानमन्त्री ओलीले भने ।

कान्तिपुर

Link copied successfully