मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्या सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल 

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Monetary policy addresses the existing problems of the economy: Finance Minister Paudel

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् ।  

मौद्रिक नीति जारी गरेपछिआफ्नो कार्यकक्षमा भेट्न आएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

'मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,' अर्थमन्त्री पौडेललाई उदृृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा छ,'मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्‍याउनेछ ।'

अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त पनि व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully