राशिफल
आजको मार्गदर्शन जान्न आफ्नो राशिचिन्ह चयन गर्नुहोस्
कुनै कामविशेषले कतै जानुपर्ला । कुनै कुराको किनमेल हुन सक्छ । समयलाई आफूअनुरूप तह लगाइनेछ ।
प्रियजनसितको कुराकानीले मन खुसी हुनेछ । व्यक्तिगत काममा पनि समय दिन पाइनेछ । क्रमशः सबै कुरा मिल्दै जानेछन् ।
पारिवारिक काममा व्यस्त भइनेछ । आफ्नो जिम्मेवारीमा केन्द्रित भइनेछ । कुनै कामविशेषले कतै जाने काम आइलाग्न सक्छ ।
कुनै कुराले मन दोमन हुन सक्छ । ससाना कुराले नै मन झर्किन सक्छ । मनमा रिस उठिहाल्यो भने पनि बाहिर आउन नदिनु नै राम्रो हुनेछ ।
समयानुसार सबै कुरा मिल्दै जानेछन् । मनमा भएको तुष पनि हटेर जानेछ । कुनै कुराले मनमा पुनर्ताजगी गराउन सक्छ ।
काम गर्ने जाँगर बढ्नेछ । समय आफूअनुकूल बन्दै जानेछ । मनपर्दो कामकुरामा समय दिइनेछ ।
पारिवारिकजनसित संवाद हुनेछ । आफ्नो मनमा लागेको कुरा अभिव्यक्त गर्ने मौका मिल्नेछ । कुनै कुराले मनमा हौसला बढ्न सक्छ ।
विविध कुराले मनमा कुरा खेल्न सक्छन् । अत्यावश्यक कुरामा जोड दिइनेछ । आफू असम्बद्ध कुरामा तर्किने प्रयास होला ।
समसामयिक कुरामा जोड दिइनेछ । काम गर्ने उत्साह बढ्दा काममा सहजता हुनेछ । कुनै कुराले गर्दा मन खुसी हुनेछ ।
कसैलाई तपाईंको साथको आवश्यकता पर्न सक्छ । समयावस्था विचारी आफ्नो प्रस्तुति जनाइनेछ । कुनै कामका लागि केही खर्च गर्नुपर्ला ।
समयले साथ दिँदै जानेछ । कुनै कुराले मन खुसी बनाउनेछ । कुनैले थकित महसुस गराउला । सकेसम्म आफ्नो अनुकूलता विचारी काम गर्न खोजिनेछ ।
कसैको कुनै कुराले मनमा चित्त नबुझ्न सक्छ । सकेसम्म तटस्थ रहन खोजिनेछ । नबोली नहुने कुरामा आफूलाई अभिव्यक्त गर्न खोजिनेछ ।