कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जसपा नेपालको केन्द्रीय समिति बैठक साउन २७ गतेदेखि

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठक साउन २७ गतेदेखि ललितपुरमा बस्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवले नवगठित केन्द्रीय समितिको पहिलो बैठक बोलाएका हुन् । बैठक साउन २७, २८, २९ र ३० गते ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानोगाउँस्थित थसी बैंक्वेटमा बस्नेछ ।

जसपा नेपालको केन्द्रीय समिति बैठक साउन २७ गतेदेखि

अध्यक्ष यादवले नवगठित केन्द्रीय समितिको बैठक बोलाएको उनका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए ।

‘राष्ट्रिय महाधिवेशनले तय गरेका वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नु पर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध लगायतका विषयहरूमा अभिमुखीकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रम लगायतका विषयहरुमा छलफलका लागि बैठक बोलाउनुभएको छ,’ उनले भने ।


प्रकाशित : श्रावण ११, २०८१ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×