कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवनिर्मित भवन चुहियो

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–११ को नवनिर्मित वडाभवन ढलान गरेको दुई महिना नबित्दै चुहिएको छ । पानी पर्दा छतदेखि चुहिएपछि स्थानीयले प्राविधिकहरूको मिलेमतोमा ठेकेदारले गुणस्तरहीन काम गरेको आरोप लगाएका छन् ।
वडाध्यक्ष विनोद ताम्राकारले ढलानपछि क्युरिङ नगरेकाले पानी चुहिएको बताए ।

‘पानी चुहिएकै हो, कामको गुणस्तर शंका गर्न योग्य छ,’ उनले भने, ‘मैले नगरपालिका, प्रशासन सबैतिर यो कुरा राखेको छु । टुंगो नलागेसम्म ठेकेदारको बाँकी भुक्तानी रोक्नुपर्छ भनेको छु ।’

भवन सम्पन्न नहुँदै चुहिएपछि अख्तियार र नगरपालिकामा उजुरी परेको छ । नगरपालिकाका प्राविधिक दिव्य श्रेष्ठले ढलान गुणस्तरीय भएको दाबी गरे । ‘प्राविधिकहरूको निगरानीमा भएको ढलानमा प्रयोग हुनुपर्ने गुणस्तरमा कुनै कमी छैन,’ उनले भने, ‘ठेकेदारको कामदार दुर्घटनामा परेर क्युरिङचाहिँ समयमा नभएको भन्ने सुनेको हो । यथार्थ बुझ्दै छु ।’

सिद्धिचरण नगरपालिकाको चारवटा वडाको भवनका लागि स्ट्रक्चर (पिल्लरसहित एक तले ढलान) निर्माणका गर्न नायक कन्स्ट्रक्सनले भ्याटसहित १ करोड १७ लाखमा ठेक्का लिएको थियो । २०७८ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । गत असारमा म्याद सकिएर पुन ६ महिना थपिएको थियो । पुसमै थप म्याद अवधि सकिए पनि सम्झौताअनुसार अझै काम सम्पन्न भएको छैन । हालसम्म ठेकेदार कम्पनीले ८१ लाख रकम भुक्तानी लिइसकेको छ । सम्झौताअनुसारको काम नभएमा एक वर्ष मर्मत अवधि रहेको नगरपालिकाले जनाएको छ । ठेक्का लिएका ठेकेदार नायक कन्स्ट्रक्सनका प्रमुख सत्यन्द्र नायकसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल अफ भएकाले सम्पर्क हुन सकेन ।

बजेट अभावले गर्दा नगरपालिकाले वडा भवनहरू क्रमागत रूपमा निर्माण गरिरहेको छ । स्ट्रक्टरको काम सकिनै लागेसँगै थप फिनिसिङका लागि केही दिनअघि मात्रै ठेक्का आह्वान गरेको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?