साङ्हाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूको व्यापारिक प्रदर्शनीअन्तर्गत चीनको सानतोङ प्रान्तको छिङताउ सहरमा मंगलबार ‘नेपाली कला प्रदर्शनी’ सुरु भएको छ ।
चीनको हाइनान प्रान्तमा पर्ने पोआउ सहरमा मंगलबारदेखि पोआउ एसिया मञ्च-२०२१ को वार्षिक सम्मेलन सुरू भएको छ। चिनियाँ समयअनुसार मंगलबार बिहान भएको उद्घाटनमा चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङबाट भिडियोमार्फत सम्बोधन गरे।
कार्यभार सम्हालेको ९ महिनापछि बुधबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्। बेइजिङको थ्यानमनस्थित ग्रेट हल अफ द पिपुल्समा आयोजित एक समारोहका बीच पाण्डेले राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।
विश्वमा कोरोना भाइरसको दोस्रो वा तेस्रो लहरको चिन्ता बढिरहेको छ । सबैभन्दा पहिला कोरोना भाइरस भेटिएको भनिएको चीनको वुहान भने लकडाउन खुलेको एक वर्षमा झन्झन् उभारिएको छ।
विश्वका विभिन्न मुलुकमा रहेका चिनियाँ राजदूतावासहरूले बेग्लाबेग्लै सूचना सार्वजनिक गर्दै चिनियाँ खोप लगाएका व्यक्तिहरू चीन प्रवेश गर्नसक्ने घोषणा गरेका छन् ।
कोभिड–१९ महामारीका कारण गत वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडिपी) बारे मौन बसेको चीनले सन् २०२१ का लागि आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने प्रक्षेपण गरेको छ ।
कोभिड–१९ का कारण एक वर्षदेखि अस्थिर रहेको नेपाल–चीन व्यापारिक नाका केरुङलाई सक्रिय बनाउन नेपालले तीन वटा प्रस्ताव अघि सारेको छ । चिनियाँ नव वर्ष लाग्नुअघि फेब्रुअरी पहिलो साता सिगात्सेमा गरिएको छलफलमा नेपालले राखेका प्रस्तावमाथि चिनियाँ पक्ष सकारात्मक रहेको र थप छलफलपछि जानकारी दिने बताएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
तीन वर्षअघि नेपालका कम्युनिस्ट पार्टीहरू मिलेर दुई तिहाइको सरकार बनेपछि विश्वमा एउटा सन्देश सञ्चार भएको थियो, नेपालमा लगानीका लागि स्थिर वातावरण बन्यो ।
पुस दोस्रो साता नेपालको चारदिने भ्रमण गरेका चिनियाँ कम्युनिस्ट पार्टीको वैदेशिक विभागका नेताहरू चीन फर्किनेबित्तिकै १४ दिन होटल र अरू सात दिन होम आइसोलेसनमा बसे । नेपालको सत्तारूढ पार्टी नेकपामा दरार उत्पन्न भएपछि टोली पीपीई लगाएरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो ।