एसियन बिच गेम्स : कबड्डीको सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

समूह 'ए' को उपविजेता श्रीलंका हो भने समूह 'बी'को विजेता नेपाल हो ।

वैशाख १३, २०८३

लक्ष्मी लम्साल

Asian Beach Games: Nepal and Sri Lanka to clash in Kabaddi semi-finals

हाइनान, सान्या — छैटौं एसियन ‘बिच गेम्स' को महिला कबड्डीअन्तर्गतको सेमिफाइनल खेल आइतबार अपराह्न हुँदैछ । चीनको तटीय सहर सान्या  जारी खेलकुदको महिलातर्फ नेपाल र श्रीलंकाबीचको दोस्रो सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो करिब सवा ३ बजेतिर हुने नेपाली अफिसियलले जानकारी दिएका छन् । समूह 'ए' को उपविजेता श्रीलंका हो भने समूह 'बी'को विजेता नेपाल हो ।

यसअघि  बंगलादेशविरुद्धको खेलमा नेपालले ३८-३६ अंकको संघर्षपूर्ण जित हासिल गर्दै आफ्नो अविजित यात्रा कायम राखेको छ । समूह 'बी'बाट दुबै टोली सेमिफाइनलमा गइसकेका हुन् ।

समूह 'ए'को विजेता भारत र समूह 'बी'को उपविजेता बंगलादेशबीचको सेमिफाइनल भीडन्त चिनियाँ समयअनुसार अपराह्न ४ बजे हुनेछ । त्यसको एक घण्टापछि नेपाल र श्रीलंका आमनेसामने हुने तालिका रहेको छ ।

लक्ष्मी

Link copied successfully