सान्या एसियन बिच गेम्सअन्तर्गत महिला कबड्डी स्थगित

हल्का वर्षासँगै हावाहुरी आएपछि शुक्रबार अपराहन्न निर्धारित खेल तालिका प्रभावित भएको हो ।

वैशाख ११, २०८३

लक्ष्मी लम्साल

Women's kabaddi postponed at Sanya Asian Beach Games

काठमाडौँ — हाइनान सान्या 

सान्यामा जारी छैटौँ एसियन बिच गेम्सअन्तर्गत बंगलादेशविरद्धको नेपालको दोस्रो खेल खराब मौसमका कारण स्थगित भएको छ । शुक्रबार अपराहन्न हल्का वर्षासँगै हावाहुरी आएपछि निर्धारित खेल तालिका प्रभावित भएको हो ।

अघिल्लो दिनको खेलमा चाइनिज ताईपेईलाई ४८-३२ ले पराजित गरेको नेपाल र थाइल्याण्डलाई ४८-२८ अंकले हराएको बंगलादेशले शुक्रबार खेल्ने तयारी थियो । स्थगित उक्त खेल पर्सी आइतबार खेलाइने टिम कप्तान मानमती विष्टले बताइन् । शनिबार थाइल्याण्ड र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

भारतले भने शुक्रबारको खेलमा सिरियालाई ६४-२२ अंकले पराजित गर्दै समूह 'बी'मा पहिलो स्थान ओगटेको छ । समूह चरणको बिहीबारको खेलमा भारतले श्रीलंकालाई ४४-३२ ले पराजित गरेको थियो । हिजो नेपालबाट पराजय भोगेको चाइनिज ताईपेईले शुक्रबार नै थाइल्याण्डबाट ४८-२८ अंकको हार खाएपछि छनोट हुन विफल भयो ।  

लक्ष्मी

Link copied successfully