छैटौं एसियन ‘बिच गेम्स’मा महिला कबड्डी कांस्य पदकमा सीमित

आइतबार सान्यास्थित खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकासँग ४६-२३ अंकले पराजित हुँदै नेपाल फाइनलको यात्रामा चुकेको हो ।

वैशाख १३, २०८३

लक्ष्मी लम्साल

Women's Kabaddi limited to bronze medal at 6th Asian Beach Games

हाइनान, सान्या — छैटौं एसियन ‘बिच गेम्स' को महिला कबड्डीअन्तर्गतको सेमिफाइनल खेलमा श्रीलंकासँग पराजित भएपछि नेपाल कांस्य पदकमै चित्त बुझाउन बाध्य भएको छ ।

आइतबार सान्यास्थित खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकासँग ४६-२३ अंकले पराजित हुँदै नेपाल फाइनलको यात्रामा चुकेको हो । पहिलो हाफदेखि नै २४-१२ अंकका साथ पछि परेको नेपालले दोस्रो हाफमा पनि उत्तिकै दबाब ब्यहोरेको थियो ।   

पहिलो सेमिफाइनलमा समूह 'ए' को बिजेता भारतले बंगलादेशलाई ५०-३१ अंकले पराजित गरेको छ । समूह 'ए' कै उपबिजेता श्रीलंकाले स्वर्ण पदकका लागि भारतको सामना गर्नेछ ।

खेलपछि प्रशिक्षक रतिया राजवंशीले बिहान बंगलादेशविरुद्धको खेल खेलेपछि थकित बनेको नेपाली टोलीले यत्तिको प्रदर्शन गर्नु राम्रो उपलब्धि भएको बताए । उनले भने, ‘सीमित स्रोत साधनकाबीच नेपाली टोलीले सक्दो क्षमता देखाएको छ, यसबाट सन्तोष लागेको छ ।’Women's Kabaddi limited to bronze medal at 6th Asian Beach Games

बिहान बंगलादेशविरुद्ध समूह 'बी'को अन्तिम खेलमा नेपालले ३८-३६ अंकको संघर्षपूर्ण जित निकालेको थियो । गत शुक्रबार खराब मौसमका कारण स्थगित खेल आइतबार विहान खेलाइएको थियो भने दुवै थकित टोलीले अपराहन्न सेमिफाइनल खेल पनि खेल्नु परेको थियो ।

लक्ष्मी

Link copied successfully