सान्यामा छैटौं ‘बिच गेम्स’को उद्‌घाटन

नेपालले बिहीबार नै महिला कबड्डीमा प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल भारत र श्रीलंका, दोस्रो खेल थाइल्याण्ड र बंगलादेश तथा तेस्रो खेल नेपाल र चाइनिज ताइपेइबीच हुनेछ ।

वैशाख १०, २०८३

लक्ष्मी लम्साल

The 6th Beach Games opened in Sanya

हाइनान, सान्या — भव्य र अलौकिक सांस्कृतिक झाँकीका साथ छैटौं एसियन ‘बिच गेम्स’ चीनको हाइनान प्रान्तस्थित समुद्री तटवर्ती सहर सान्यामा सुरु भएको छ । बुधबार राति आकाशमुनि आतिसबाजी तथा सांस्कृतिक प्रस्तुतिसहित एसियाली समुद्री तटकेन्द्रित खेलकुदको शुभारम्भ गरिएको हो । 

The 6th Beach Games opened in Sanya

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का सबै ४५ सदस्य देशहरू र क्षेत्रका खेल प्रतिनिधिहरूको उपस्थितिमा एसियाली बिच खेल महाकुम्भ सुरू गरिएको थियो । विभिन्न एसियाली मुलुकसँगै नेपालको झण्डा उक्त रंगशालामा फहराइएको थियो ।

The 6th Beach Games opened in Sanya

उद्‌घाटन समारोहमा चिनियाँ राज्य परिषद् सदस्य छन यिछिन, सान्या एसियाली बिच गेम्स आयोजक समितिका अध्यक्ष तथा हाइनान प्रान्तका गभर्नर लिउ सियाओमिङ र ओसीएका अध्यक्ष राजकुमार गेब्रियल लगायतले  सम्बोधन गरेका थिए ।

हाइननको संस्कृति र खेलकुद भावनाका साथ उष्णकटिबन्धीय आकर्षण र खेलकुद जीवन्तता प्रदर्शनबाट सहभागीहरू उत्साहित भए ।

The 6th Beach Games opened in Sanya

चीनले हाइनान प्रान्तलाई फ्री ट्रेड पोर्टमा परिणत गरेयता आयोजित पहिलो बृहत् अन्तर्राष्ट्रिय खेलकुद भएकाले निकै महत्व दिएको छ । १४ खेलकुद र ६२ इभेन्टमा १६०० भन्दा बढी खेलाडीहरूले भाग लिने कार्यक्रम छ ।

The 6th Beach Games opened in Sanya

नेपालले बिहीबार नै महिला कबड्डीमा प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल भारत र श्रीलंका, दोस्रो खेल थाइल्याण्ड र बंगलादेश तथा तेस्रो खेल नेपाल र चाइनिज ताइपेइबीच हुनेछ । 

चिनियाँ मेनल्याण्डले भने कबड्डीमा भाग लिएको छैन । नेपाली टिमकी कप्तान मानमती विष्टले आफूले गरेको मेहनत बमोजिम कुनै न कुनै उपलब्धि हासिल गर्ने अपेक्षा रहेको बताइन् । उनले कान्तिपुरसित भनिन्, ‘हाम्रो लागि बलियो प्रतिस्पर्धी भनेको चाइनिज ताइपेई हो, त्यसबाहेक अन्य खेलमा राम्रो प्रदर्शन गर्ने अठोटका साथ मैदानमा उत्रिँदैछौं ।’

लक्ष्मी

Link copied successfully