दशकपछि एसियाली बिच गेम्स चीनबाट पुनः ब्युँतिदै 

चिनियाँ समयअनुसार बुधबार राति ८ बजे हाइनान प्रान्तको सान्यास्थित बिच खेलकुद परिसरमा एउटा भव्य समारोहबीच औपचारिक उद्घाटन गरिने कार्यक्रम छ ।

वैशाख ९, २०८३

लक्ष्मी लम्साल

Asian Beach Games revived in China after a decade

हाइनान — चीनको सान्या सहरमा बुधबारदेखि छैटौँ बिच गेम्स औपचारिक रूपमा सुरू हुँदैछ ।  करिब १० वर्षको अन्तरालमा पुनः हुन लागेको यो खेलकुद २००८ मा पहिलो पटक इन्डोनेसियाको बालीमा आयोजना गरिएको थियो ।

अन्तिम पटक २०१६ मा भियतनामको दा नाङमा खेलिएको थियो । चिनियाँ समयअनुसार बुधबार राति ८ बजे हाइनान प्रान्तको सान्यास्थित बिच खेलकुद परिसरमा एउटा भव्य समारोहबीच औपचारिक उद्घाटन गरिने कार्यक्रम छ । 

सन् २०१६ मा पाँचौँ संस्करण पूरा गरेको यो खेलकुद कोरोना महामारीलगायत विभिन्न अन्तर्राष्ट्रिय परिस्थितिका कारण एक दशकसम्म निस्क्रिय रहेको थियो ।

चीनले दोस्रो पटक यो खेलकुद इभेन्ट आयोजना गरेर यसलाई पुनः जागृत गराएको हो । पहिलो पटक सन् २०१२ मा शान्तोङमा गरेको थियो ।  बिच खेलकुदमा नेपालले २ वटा प्रतियोगितामा सहभागिता जनाउँदै छ । महिला कबड्डी टोली र दुइ कुस्ती खेलाडी प्रतियोगितामा भाग लिन सोमबार राती सान्या आइपुगेका छन्।

एसिया ओलम्पिक परिषद्ले आयोजना गरेको समुद्री तटकेन्द्रित खेलकुद अप्रिल ३० तारिखसम्म चल्नेछ । हाइनान प्रान्तमा स्वतन्त्र व्यापार बन्दरगाह सञ्चालनमा आएपछि पहिलो पटक यति ठूलो परिमाणमा अन्तरमहादेशीय खेलकुद आयोजना हुन लागेको हो ।

भलिबल, फुटबल, पौडी, वाटर पोलो, ह्यान्डबल, ड्रागन डुंगा दौड, बास्केटबल रक क्लाइम्बिङ, कुस्ती, कबड्डीलगायत १४ वटा खेलकुदका लागि करीब ४३ एसियाली देश र क्षेत्रका १० हजार भन्दा बढी खेलाडी, प्रशिक्षक र अफिसियलहरू सान्यामा भेला भएका छन् ।

नेपालले प्रथम संस्करणदेखि नै एसियन बिच गेम्समा भाग लिँदै आएको छ । सन् २०१४ मा थाइल्यान्डको फुकेतमा आयोजना भएको चौथो एसियन बिच गेम्समा भगवती माझीबाट ५२ केजी तौल समूहमा स्याम्बोबाट कास्य पदक भित्र्याएको थियो । विगतको प्रस्तुति मूल्यांकन गर्दा यस पटकको प्रतियोगितामा नेपालले महिला कबड्डी टिमबाट आशा राखेको छ ।   

लक्ष्मी

Link copied successfully