रोशीमा पानीको सतह बढेपछि बीपी राजमार्गमा आवागमन बन्द

आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षा भइरहेका कारण रोशी खोलाको जलस्तर बढेको छ ।

असार २१, २०८३

ज्योती श्रेष्ठ

Traffic on BP Highway closed as water level rises in Roshi

काभ्रेपलाञ्चोक — अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षा भइरहेका कारण रोशी खोलाको जलस्तर बढेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोकतर्फको सडकखण्डमा तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको उनले बताए ।

श्रेष्ठका अनुसार काठमाडौंतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका सवारी साधनलाई जिल्लास्थित काभ्रेभञ्ज्याङ र मंगलटारमा होल्ड गरिएको छ । सडकको अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन नगरिने उनले जानकारी दिए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully