बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध-२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो ।
नमोबुद्ध, काभ्रे — काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध-२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार घटनास्थलबाट ८ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार १६ जना घाइतेलाई अस्पताल लगिएको छ ।
दुर्घटनाको थप विवरण आउँदै...
![Bus accident in Namobuddha, Kavre: 8 people killed [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/namobudda-bus-aaccident-1262026114435-1000x0.jpg&w=1001&h=0)