पशुपतिमा जोगीको हत्या आरोपमा अर्का जोगी पक्राउ

दर्बेनाथ भन्ने सुबिन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेष्ठ ३०, २०८३

कान्तिपुर संवाददाता

Another yogi arrested on charges of murdering a yogi in Pashupati

काठमाडौँ — काठमाडौं महानगरपालिका–८ पशुपति क्षेत्रस्थित शिवालयमा भएको युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार ६ फागुन २०८२ मा पशुपति–१५ नं शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा उक्त हत्यामा संलग्न रहेको आरोपमा दर्बेनाथ भन्ने सुबिन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको एसएसपी खड्काले जानकारी दिए ।

पक्राउ परेका रानामगरलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने र मृतक दुवै जना पशुपतिमा बस्दै आएका जोगी थिए ।

कान्तिपुर

Link copied successfully