बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएपछि प्रहरीले उनीहरुलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरिएको हो ।

जेष्ठ ३०, २०८३

इकान्तिपुर डेस्क

Chef Santosh Sah arrested for banking offense

काठमाडौँ — बैंकिङ कसुर मुद्दामा सेफ  सन्तोष साहसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएपछि प्रहरीले उनीहरुलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरिएको हो ।

गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध मुद्दा दायर गरेकी थिइन् । 

जिल्ला अदालतबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी काठमाडौं ल्याएको छ । यस्तै उनीसँगै पक्राउ पर्ने अर्का व्यक्ति सिराहाकै कर्जन्हा नगरपालिका ९ का ५८ वर्षीय नारायण साह सुडी रहेका छन् । 

इकान्तिपुर

Link copied successfully