डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका उनी फरार भएका थिए ।
काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारारागारबाट फरार दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो ।
डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । श्रेष्ठलाई नख्खु कारागार चलान गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
