अनाधिकृत रुपमा बर्डस्-३ स्याटेलाइट सम्बन्धी अनुसन्धान कृति बौद्धिक चोरी गरेर छापेका एक नेपाली वैज्ञानिक अधिकृतलाई कारबाही नगरेको भन्दै नास्टलाई जापानको क्युसो इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्युटेक)ले पत्रचार गरेको छ ।
प्रायः चितुवा हलुका पहेंलोरातो रंगको पृष्ठभूमिमा औंठी आकारको गोलाकार कालो बुट्टा रंगका हुन्छन् । कहिले काहीँ कालो रंगको पनि भेटिन्छन् जसलाई 'ब्ल्याक प्यान्थर' भन्ने गरिन्छ । बिरलै मात्रामा भेटिने कालो रंगको चितुवा काभ्रेमा पहिलो पटक भेटिएको छ ।
भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जिउधनको क्षति पुर्याएको छ । बाढीका कारण सोमबार साँझसम्म २६ जनाको शव भेटिएको र १ सय ५० भन्दा बढी बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जन्म–मृत्युका परिभाषा र आयामबारे व्याख्या गर्ने ल्याकत म राख्दिनँ । यो भने थाहा छ कि म जन्मेको हुँ र अवश्य मर्ने पनि छु । तर सामाजिक प्राणी भएका कारण पनि होला, हामी शाश्वत सत्यलाई पनि आफूअनुकूल हेर्दै व्यवहार गर्दा रहेछौं । अर्थात् जन्मँदा खुसी, मर्दा दुःखी ।
सन् १६१० मा खगोलशास्त्री ग्यालिलियो गेलिलीले बृहस्पति गृहका चार वटा चन्द्रमा पत्ता लगाए । आईओ, युरोपा, ग्यानिमेट र क्यालिस्टो नाम गरेका यी चन्द्रामालाई उनले पहिलो पटक देखे ।
सन् १९८४ मा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्मासँग अन्तरिक्ष अनुभवबारे प्रश्न सोधेकी थिइन् । उक्त क्षण यसकारण पनि खास थियो कि प्रधानमन्त्री कार्यालयबाट गान्धीले अन्तरिक्षमा रहेका शर्मालाई अन्तरिक्ष यात्राको अनुभवबारे बताउन प्रश्न गरेकी थिइन् ।
तक्षक नागले राजा परीक्षितलाई डसेर मारेपछि उनका छोरा जनमेजयले सर्प यज्ञ गरेर सर्प प्रजातिलाई नष्ट गर्न खोजे । सर्प प्रजातिको अस्तित्वरक्षाका लागि तक्षक नागले स्वर्गका राजा इन्द्रसँग अनुरोध गरेका कथा हिन्दु धार्मिक ग्रन्थमा पढ्न पाइन्छ । कथाहरूले नागलाई अलौकिक शक्तियुक्त र सर्पहरूको राजा बताउँछन् । हामीलाई देख्ता–सुन्दा अनौठो लाग्ने शक्ति के सर्पमा साँच्चै हुन्छ ?
यो वर्ष मंगल ग्रहको अनुसन्धानका लागि अमेरिका, यूएई र चीनले आफ्ना यानहरु प्रक्षेपण गरे । जुलाई १९ मा संयुक्त अरब इमिरेट्स (यूएई)को ‘होप’, जुलाई २३ मा चीनको तियानवेन–१ र जुलाई ३० मा नासाको ‘पर्सिभरेन्स रोभर’ मंगल ग्रह मिसनका लागि प्रक्षेपण गरिए ।