कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सौन्दर्य प्रतियोगितालाई सौन्दर्य मापनका रूपमा मात्र हेर्न हुँदैन : सरिशा श्रेष्ठ

काठमाडौँ — मिस नेपाल अर्थ-२०२२ डा. सरिशा श्रेष्ठले सौन्दर्य प्रतियोगिताहरूलाई सौन्दर्य मापनका रूपमा मात्र  हेर्न नहुने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' कार्यक्रममा श्रेष्ठले सौन्दर्य प्रतियोगिता कुनै पनि व्यक्तिको विविध पक्षलाई मापन गर्ने प्रतियोगिता भएको बताएकी हुन् । 

सौन्दर्य प्रतियोगितालाई सौन्दर्य मापनका रूपमा मात्र हेर्न हुँदैन : सरिशा श्रेष्ठ

‘ब्युटी प्याजेन्ट एउटा प्रतिस्पर्धा हो, जहाँ डान्स, म्युजिकदेखि हरेक कुराको प्रतिस्पर्धा हुन्छ जसले गर्दा सहभागीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्दछ,’ उनले भनिन् ।

सौन्दर्य प्रतियोगितालाई हलुका रूपमा हेर्न नहुने उनको भनाइ छ । 'जे देख्छ त्यही बिक्दछ भन्ने मान्यताले पनि ब्युटी प्याजेन्टलाई सौन्दर्यमा हो,' उनले भनिन्, 'यसलाई सुधारका पाटाहरू बाँकी रहेको र यसका लागि हामी सबै उत्तरदायी र जवाफदेही हुनुपर्छ ।'

प्रकाशित : चैत्र २९, २०८० १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×