काठमाडौँ — मिस नेपाल अर्थ-२०२२ डा. सरिशा श्रेष्ठले सौन्दर्य प्रतियोगिताहरूलाई सौन्दर्य मापनका रूपमा मात्र हेर्न नहुने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' कार्यक्रममा श्रेष्ठले सौन्दर्य प्रतियोगिता कुनै पनि व्यक्तिको विविध पक्षलाई मापन गर्ने प्रतियोगिता भएको बताएकी हुन् ।
‘ब्युटी प्याजेन्ट एउटा प्रतिस्पर्धा हो, जहाँ डान्स, म्युजिकदेखि हरेक कुराको प्रतिस्पर्धा हुन्छ जसले गर्दा सहभागीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्दछ,’ उनले भनिन् ।
सौन्दर्य प्रतियोगितालाई हलुका रूपमा हेर्न नहुने उनको भनाइ छ । 'जे देख्छ त्यही बिक्दछ भन्ने मान्यताले पनि ब्युटी प्याजेन्टलाई सौन्दर्यमा हो,' उनले भनिन्, 'यसलाई सुधारका पाटाहरू बाँकी रहेको र यसका लागि हामी सबै उत्तरदायी र जवाफदेही हुनुपर्छ ।'
