बच्चा नहुनुमा महिलालाई नै दोष दिइन्छ : कोइराला

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

Women are blamed for childlessness: Koirala

काठमाडौँ — पुण्यर्जन फाउन्डेसनकी निर्देशक कुमुदिनी कोइरालाले बच्चा नहुनुमा समाजमा महिलालाई नै दोष दिने गरिएको बताएकी छन् । सामाजिक सोच र पितृसत्तात्मक सोचले महिलालाई नै कमजोरी देखाइने उनको भनाइ छ ।

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' कार्यक्रमको दोस्रो सत्र 'मातृत्व मन्थन' मा निर्देशक कोइरालाले समाजमा महिलाहरूलाई बच्चा जन्माउन दबाब रहेको बताएकी हु्न् । 

३० वर्ष अगााडि आईभीएफ प्रविधिबाट बच्चा जन्माएको अनुभव सुनाउँदै उनले भनिन् ‘शिक्षित परिवारको छोरी र बुहारी आफू भए पनि बच्चा जन्माउनु पर्ने दबाब मलाई पनि थियो  ।लामो समय बच्चा नभएपछि आईभीएफ प्रविधि प्रयोग गरेका हौँ ।’ पारिवारिक सहायताका कारण आईभीएफबाट बच्चा जन्माउन सफल भएको उनले बताइन् ।

कान्तिपुर

Link copied successfully