कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पछिल्लो समय सौन्दर्य मापदण्डको परिभाषा फराकिलो भएको छ :  प्रशान्त ताम्राकार

काठमाडौँ — मोडल तथा कलाकार प्रशान्त ताम्राकारले पहिलेभन्दा अहिले सौन्दर्यको परिभाषा फरक भएको बताए । कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको कार्यक्रम ‘निर्भिक नारी’को अन्तिम सत्र ‘सौन्दर्य मापन’को छलफलमा ताम्राकारले अहिले सुन्दरता भनेको समाज, देश र संस्कृतिको प्रतिनिधित्व पनि भएको बताए । 

पछिल्लो समय सौन्दर्य मापदण्डको परिभाषा फराकिलो भएको छ :  प्रशान्त ताम्राकार

‘मेरो करिअरको सुरुवातमा सौन्दर्यको स्टान्डर्डभित्र परेमा सुन्दर हुन्थ्यो भन्ने आम बुझाइ थियो । त्यसमा उचाइ, मोटाइ, वर्ण, शरीरको संरचानाको मापदण्ड थियो । जब अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाएँ,' उनले भने, 'त्यहाँ पुगेपछि सुन्दरताको परिभाषा फरक पाएँ । सुन्दरता भनेको मुस्कानमा, आँखामा, शरीरमा, कोमल मनमा देखेँ । सुन्दरताले समाज, देश, संस्कृति र युवालाई पनि प्रतिनिधित्व गर्ने रहेछ भन्ने बुझेँ ।’

'चार जात छत्तीस वर्णको साझा फूलबारी' भनिने देशमा हुर्केको मानिस भएकोले नेपालको हरेक कला र संस्कृतिको सौन्दर्य भएको पनि कलाकार ताम्रााकारले बताए । सौन्दर्यको मापन मानिस हुर्किएको समयकाल र अवस्थाअनुरुपको हुने पनि उनको बुझाइ छ ।

प्रकाशित : चैत्र २९, २०८० १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×