पछिल्लो समय सौन्दर्य मापदण्डको परिभाषा फराकिलो भएको छ :  प्रशान्त ताम्राकार

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

Lately, the definition of beauty standards has broadened: Pacific copper

काठमाडौँ — मोडल तथा कलाकार प्रशान्त ताम्राकारले पहिलेभन्दा अहिले सौन्दर्यको परिभाषा फरक भएको बताए । कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको कार्यक्रम ‘निर्भिक नारी’को अन्तिम सत्र ‘सौन्दर्य मापन’को छलफलमा ताम्राकारले अहिले सुन्दरता भनेको समाज, देश र संस्कृतिको प्रतिनिधित्व पनि भएको बताए । 

‘मेरो करिअरको सुरुवातमा सौन्दर्यको स्टान्डर्डभित्र परेमा सुन्दर हुन्थ्यो भन्ने आम बुझाइ थियो । त्यसमा उचाइ, मोटाइ, वर्ण, शरीरको संरचानाको मापदण्ड थियो । जब अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाएँ,' उनले भने, 'त्यहाँ पुगेपछि सुन्दरताको परिभाषा फरक पाएँ । सुन्दरता भनेको मुस्कानमा, आँखामा, शरीरमा, कोमल मनमा देखेँ । सुन्दरताले समाज, देश, संस्कृति र युवालाई पनि प्रतिनिधित्व गर्ने  रहेछ भन्ने बुझेँ ।’ 

'चार जात छत्तीस वर्णको साझा फूलबारी' भनिने देशमा हुर्केको मानिस भएकोले नेपालको हरेक कला र संस्कृतिको सौन्दर्य भएको पनि कलाकार ताम्रााकारले बताए । सौन्दर्यको मापन मानिस हुर्किएको समयकाल र अवस्थाअनुरुपको हुने पनि उनको बुझाइ छ । 

कान्तिपुर

Link copied successfully