कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बैंकहरूको नेतृत्वदायी भूमिकामा महिला न्यून : रश्मी पन्त

‘महिलाहरूले केही विषय अघि सार्दा यो हुन्छ र ? हुन सक्छ भन्ने हुन्छ । यदि पुरुष भएको खण्डमा वाउ ! कति राम्रो ! भनिन्छ ।’

काठमाडौँ — प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तले बैंकहरूको नेतृत्वदायी भूमिकामा महिलाहरुको सहभागिता न्यून रहेको बताएकी छिन् । समग्र बैंकमा महिला सहभागिता ४५ प्रतिशत रहे पनि नेतृत्व तहमा भने औंलामा गन्न सकिने अवस्था रहेको बताएकी हुन् ।

बैंकहरूको नेतृत्वदायी भूमिकामा महिला न्यून : रश्मी पन्त

कान्तिपुर पब्लिकेसन्स् लिमिटेडले बिहीबार काठमाडौंमा आयोजित 'निर्भीक नारी'को तेस्रो सत्र ‘सूचना प्रविधिका सारथि’ मा उनले बैंकिङ क्षेत्रमा महिला सहभागिता उल्लेख्य रहे पनि नेतृत्वदायी भूमिकामा भने नगन्य रहेको बताइन् ।

‘बैंकिङ क्षेत्रमा महिला सहभागिता ४५ छन् भने ५५ प्रतिशत पुरुष छन्, बैंकको शाखा तहमा ११ प्रतिशत मात्रै महिला छन्,’ उनले भने, ‘कार्यकारीमा आउँदा औंलामा गन्न सकिन्छ । यद्यपि समग्र सूचना प्रविधि क्षेत्रमा शून्य दशमल ७ प्रतिशत मात्रै महिला छन् ।’

बैंकिङ क्षेत्रमा लैंगिक विभेद हुँदैन भन्ने सोच रहे पनि उस्तै रहेको उनले बताइन् । ‘लैंगिक विभेद कतै हुँदैन भन्ने सोच थियो, तर काम गर्दै जाँदा पितृसत्तात्मक र पुरुषहरूको बीचमा काम गर्नु पर्थ्यो, पुरुष हाबी भएको समाजमा डिल गर्नुपर्छ,’ उनले भनिन्, ‘महिलाहरूले केही विषय अघि सार्दा यो हुन्छ र ? हुन सक्छ भन्ने हुन्छ । यदि पुरुष भएको खण्डमा वाउ ! कति राम्रो ! भनिन्छ ।’

नेपालको सन्दर्भम आईटी विषय पढ्न १५ देखि २० लाख रुपैयाँ लगानी गर्नुपर्ने उनले बताइन् । अभिभावकले पनि छोरीभन्दा छोरामै लगानी गर्न चाहनले समेत उनको भनाइ छ । आईटी क्षेत्रमा धेरै जना पढ्न इच्छुक भए पनि लगानी धेरै लाग्ने भएकाले हच्किने गरेको उनले सुनाइन् ।

प्रकाशित : चैत्र २९, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×