आर्थिक रूपले महिलालाई पुरुषसँग चुनावी प्रतिस्पर्धा गर्न गाह्रो छ : प्रदेश सांसद घिमिरे

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

Economically, it is difficult for women to compete with men in elections: State MP Ghimire

काठमाडौँ — वाग्मती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरेले महिलाहरुलाई स्वतन्त्र रूपमा  चुनावमा लड्ने वातावरण नभएको बताएकी छन् । पछिल्लो समय चुनाव महँगो हुँदै गएको र महिलाहरूलाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौती थपिएको बताएकी छन् ।

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' कार्य्रक्रमको पहिलो सत्र ‘नेतृत्वमा नारी : परम्परालाई भारी’ मा सांसद घिमिरेले भनिन् ‘आर्थिक रूपले महिलाहरूलाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौती थपिएको छ, यस कारणले गर्दा महिला-महिलाबीच प्रतिस्पर्धा गर्न आवश्यक छ । ’

सांसद घिमिरेले महिलालाई नेतृत्वमा पुर्‍याउन आर्थिक सशक्तीकरण र उच्च शिक्षामा जोड दिनुपर्ने बताइन् । 'महिलाहरूलाई नेतृत्व तहमा पुर्‍याउने मुख्य पक्ष भनेको आर्थिक र शिक्षा नै हो जसले धेरै महिलाहरू नेतृत्वमा आउन सक्दछन्,' उनले भनिन् ।

कान्तिपुर

Link copied successfully