कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आर्थिक रूपले महिलालाई पुरुषसँग चुनावी प्रतिस्पर्धा गर्न गाह्रो छ : प्रदेश सांसद घिमिरे

काठमाडौँ — वाग्मती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरेले महिलाहरुलाई स्वतन्त्र रूपमा  चुनावमा लड्ने वातावरण नभएको बताएकी छन् । पछिल्लो समय चुनाव महँगो हुँदै गएको र महिलाहरूलाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौती थपिएको बताएकी छन् ।

आर्थिक रूपले महिलालाई पुरुषसँग चुनावी प्रतिस्पर्धा गर्न गाह्रो छ : प्रदेश सांसद घिमिरे

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' कार्य्रक्रमको पहिलो सत्र ‘नेतृत्वमा नारी : परम्परालाई भारी’ मा सांसद घिमिरेले भनिन् ‘आर्थिक रूपले महिलाहरूलाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौती थपिएको छ, यस कारणले गर्दा महिला-महिलाबीच प्रतिस्पर्धा गर्न आवश्यक छ । ’

सांसद घिमिरेले महिलालाई नेतृत्वमा पुर्‍याउन आर्थिक सशक्तीकरण र उच्च शिक्षामा जोड दिनुपर्ने बताइन् । 'महिलाहरूलाई नेतृत्व तहमा पुर्‍याउने मुख्य पक्ष भनेको आर्थिक र शिक्षा नै हो जसले धेरै महिलाहरू नेतृत्वमा आउन सक्दछन्,' उनले भनिन् ।

प्रकाशित : चैत्र २९, २०८० १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×