कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रविधि क्षेत्रमा महिलाहरूलाई प्रशस्त अवसर छ : लेनाकेशरी कंसाकार

काठमाडौँ — एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर लेनाकेशरी कंसाकारले प्रविधिको क्षेत्रमा महिलाहरुलाई प्रशस्त अवसर रहेको बताएकी छन् । कान्तिपुर पब्लिकेसन्सको आयोजित कार्यक्रम 'निर्भीक नारी'को तेस्रो सत्र 'सूचना प्रविधिका सारथि' सत्रमा उनले यस्तो बताएकी हुन् ।

प्रविधि क्षेत्रमा महिलाहरूलाई प्रशस्त अवसर छ : लेनाकेशरी कंसाकार

पछिल्लो समय आईटीदेखि इन्जिनियरिङ कलेजहरूमा अध्यययन गर्न सहज र राम्रो आम्दानी भएकाले पनि सूचना प्रविधि क्षेत्रमा अवसर र भविष्य राम्रो रहेको उनले बताइन् । ‘आईटी क्षेत्रमा प्लस टु पढेकोले पनि ५० हजार कमाउँछ, जसले गर्दा कमाई छ व्यवसाय सँगसँगै बढ्दो मार्केट पनि छ, ’ उनले भनिन् ।

आईटी क्षेत्रमा महिला सहभागिता बढाउन नीतिगत व्यवस्थासँगै महिलाहरू आफैं पनि जागरुक हुन आवश्यक रहेको उनले बताइन् ।

प्रकाशित : चैत्र २९, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×