काठमाडौँ — एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर लेनाकेशरी कंसाकारले प्रविधिको क्षेत्रमा महिलाहरुलाई प्रशस्त अवसर रहेको बताएकी छन् । कान्तिपुर पब्लिकेसन्सको आयोजित कार्यक्रम 'निर्भीक नारी'को तेस्रो सत्र 'सूचना प्रविधिका सारथि' सत्रमा उनले यस्तो बताएकी हुन् ।
पछिल्लो समय आईटीदेखि इन्जिनियरिङ कलेजहरूमा अध्यययन गर्न सहज र राम्रो आम्दानी भएकाले पनि सूचना प्रविधि क्षेत्रमा अवसर र भविष्य राम्रो रहेको उनले बताइन् । ‘आईटी क्षेत्रमा प्लस टु पढेकोले पनि ५० हजार कमाउँछ, जसले गर्दा कमाई छ व्यवसाय सँगसँगै बढ्दो मार्केट पनि छ, ’ उनले भनिन् ।
आईटी क्षेत्रमा महिला सहभागिता बढाउन नीतिगत व्यवस्थासँगै महिलाहरू आफैं पनि जागरुक हुन आवश्यक रहेको उनले बताइन् ।
