कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अर्थोपार्जनमा नेपाली महिलाको योगदान उदाहरणीय छ : विल्करसन

काठमाडौँ — नेपालस्थित अमेरिकी दूतावासले १० लाख नेपाली महिलालाई सशक्तीकरण गरिसकेको दूतावासका प्रेस तथा साँस्कृतिक शाखा प्रमुख  ग्यारेट ई. विल्करसन बताउँछन् । नेपाल र अमेरिका सम्बन्धको ७७ औं वर्ष पूरा गरिरहँदा १० लाख महिलाको सशक्तीकरणमा काम गरिसकेको दाबी गरे ।

अर्थोपार्जनमा नेपाली महिलाको योगदान उदाहरणीय छ : विल्करसन

'आजको नारा 'महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी' हो । यो अमेरिका-नेपाल सम्बन्धको खास लक्ष्य पनि यही हो । ७७ वर्षमा अमेरिकाले नेपाल सरकार, नागरिक, निजी क्षेत्रहरूसँग सहकार्य गरेर अवसर सिर्जना गरेका छौं,'उनले भने,'नेपाल सरकारसँगको सहकार्यमा हामीले १० लाख जति नेपाली महिलाहरूको सशक्तीकरणमा काम गरिसकेका छौं । नेपाली महिलाको शिक्षा, व्यापार, व्यवसाय, नेतृत्व क्षमता विकास, प्रविधिमा विकासमा सहकार्य गर्‍यौं ।'

अमेरिकी दूतावासले लघु उद्यमी महिला लक्षित उनीहरूलाई प्रविधिसँग जोड्ने कार्यक्रमसमेत आयोजना गरेको ग्यारेटले बताए । प्रविधिमार्फत आफ्नो व्यवसाय विकाससँगै आर्थिक स्रोत बढाउन पनि ती महिला सक्षम बनेको उनको भनाइ छ । 'अहिले प्रविधिले ती महिलाहरूको आर्थिक स्वतन्त्रता र आत्मविश्वास बढाइदिएको छ । उनीहरूु समाजमा नेतृत्वदायी भूमिकामा उदाहरण पनि छन् । प्रविधिमा पहुँच बढाउँदा त्यसले लघु उद्यमीहरुको आयस्रोत पनि बढाइदिएको छ,'उनले भने,'त्यस्तै 'इक्विटी फन्ड'ले उनीहरूका व्यवसायमा लगानी गर्दै उनीहरुको आयस्रोत बढाउन साथ दिएको छ । उद्यमी महिलालाई मात्रै होइन, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा कार्यरत महिलालाई पनि यो कार्यक्रमले सहयोग गर्दै आइरहेको छ ।'

यो वर्ष महिला लक्षित गरेर दूतावासले विभिन्न शीर्षकमा बहस कार्यक्रम गरेको पनि ग्यारेटको भनाइ छ । कसरी हामी प्रगति गर्न सक्छौं ? भन्ने बहसमा महिला उपस्थितिको महत्त्व बुझेरै यस्ता बहसहरू आयोजना गरिएको उनले बताए । त्यस्तै दूतावासको 'एक्सचेन्ज' कार्यक्रमअन्तर्गत आफूहरूले नेपाली महिलालाई निश्चित समयका लागि अमेरिका लैजाने गरेको पनि ग्यारेटले सुनाए । उनका अनुसार अमेरिका पुग्दा ती महिलाले अमेरिकी महिला, उद्यमीहरूबीच आफ्नो अनुभव साट्छन् । उनीहरूका अनुभवबाट पनि नेपाली महिलाले सिक्न पाउँछन्, उनीहरू बहुआयमिक सिकाइ लिएर नेपाल फर्किन्छन् ।

अमेरिका र नेपाल सम्बन्धको महत्वपूर्ण पाटो यो पनि रहेको ग्यारेट बताउँछन् । 'अहिलेसम्म हजारभन्दा बढी महिलालाई हामीले यो कार्यक्रमअन्तर्गत अमेरिका पठाएका छौं,'उनले भने,'अहिले महिलाहरू अध्ययनकै लागि पनि अमेरिका गइरहेको देखिन्छ । त्यताको पढाइ सकेर उनीहरू नेपाल फर्केको र यो समुदायमा काम गरेको हेर्न चाहन्छौं ।'

अर्थोपार्जनमा अगाडि रहेका नेपाली महिलाबाट अन्य देशका महिलाले पनि सिक्नुपर्ने ग्यारेटको भनाइ छ । 'नेपाली महिलाले घरगृहस्थी र अर्थोपार्जनमा दिएको योगदान उदाहरणीय छ । उनीहरूबाट अन्य देश र अमेरिकाले पनि महिलालाई स्थान दिनुपर्ने कुरा सिक्नुपर्छ,'उनले भने ।

प्रकाशित : चैत्र २९, २०८० १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×