मल ल्याउँदै गर्दा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका सिंह दाजुभाइको रिहाइका लागि परराष्ट्रमन्त्री खनालले दिल्लीस्थित नेपाली दूतावाससँग निरन्तर समन्वय भइरहेको बताए ।
सरकारले मल दिन नसकेपछि बाली जोगाउन सीमावर्ती भारतीय बजारबाट किनेर ल्याउँदै गर्दा १७ असारमा पक्राउ परेका सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह अझै छुटेनन्।
वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याजदर ६.६४ प्रतिशत छ, बैंकहरूमा ऋण दिन मिल्ने रकम १५ खर्ब ६० अर्ब रुपैयाँ हाराहारी छ तर आमनागरिक बैंकमा नगई साहु–महाजनबाट ४८ प्रतिशतसम्म ब्याजदरमा ऋण लिइरहेका छन्
अनुचित लेनदेनको केन्द्र मधेश प्रदेश र पश्चिम नवलपरासी हुन् । सबैभन्दा बढी बारा जिल्लामा ३ हजार ३२२ निवेदन परेका छन् ।
६ दिनदेखि निजगढस्थित उद्योण वाणिज्य संघको भवनमा रोकिएका पीडितहरु सरकारी वार्ता टोली र आफ्ना अगुवाहरुबीच सहमतिपछि न्यायको आशासहित घर फर्किएका हुन् ।
न्यायका लागि जनकपुरबाट सुरु भएको मिटरब्याजपीडितहरुको काठमाडाैंसम्मको पैदल मार्च सरकारसितको वार्ताका क्रममा ६ दिनदेखि निजगढमा रोकिएको थियो ।
मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्दै त्यसविरुद्ध छुट्टै कानुनी संरचना बनाउन सरकार सहमत, सम्झौताका लागि पीडित पक्षका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज थप छलफल गरिने।
कुनै तामझाम वा लामो सुरक्षा घेराबिनै वार्तास्थल प्रवेश गरेका गृहमन्त्री गुरुङ पीडितमाझ सामान्य नागरिकझैं प्रस्तुत भए ।
सरकारी वार्ता टोलीको नेतृत्व गरिरहेका गृहमन्त्री गुरुङले सबै माग स्वीकार गरे पनि प्राप्त मस्यौदाका केही भाषा सच्याउनुपर्ने र अन्तिम सम्झौता मन्त्रालयमै बसेर गर्ने भनेपछि मध्यरातसम्म चलेको वार्ता निष्कर्षविहीन भएको हो ।