वीरगन्जमा मोहर्रममाको रौनक, लाठी कलाबाजीसहित नगर परिक्रमा

वीरगन्जका मुर्ली, छपकैंयालगायत स्थानबाट ताजिया, धार्मिक र्‍याली तथा कलाबाजी प्रदर्शन गर्दै मुस्लिम समुदायले मोहर्रम पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गरेका छन्।

असार १२, २०८३

शंकर आचार्य

Muharram celebrations in Birgunj, city parade with stick acrobatics

पर्सा — मुस्लिम समुदायले शुक्रबार वीरगन्जमा मोहर्रम पर्व श्रद्धा र उत्साहका साथ मनाएका छन्। मुर्ली, छपकैंयालगायत विभिन्न स्थानबाट छुट्टाछुट्टै निकालिएका ताजिया तथा धार्मिक र्‌यालीहरू बाजागाजा र परम्परागत लाठी कलाबाजी प्रदर्शनसहित घण्टाघर हुँदै नगर परिक्रमा गरेका हुन्।

Muharram celebrations in Birgunj, city parade with stick acrobatics

मोहर्रमका अवसरमा इमाम हुसैनको बलिदानको स्मरण गर्दै धार्मिक आस्था र सांस्कृतिक परम्पराको प्रदर्शन गरिएको थियो। र्‌यालीमा युवादेखि बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको थियो। सहभागीहरूले धार्मिक झण्डासँगै राष्ट्रिय झण्डा समेत बोकेर परम्परागत प्रस्तुति दिएका थिए ।

मोहर्रमका अवसरमा सम्भावित भीडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो। पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully