प्रनिति सिंह

सिंह नर्भिक अस्पतालमा डाइटिसियनका रुपमा कार्यरत छिन् ।

प्रनिति सिंहका लेखहरु :

घरकै ताजा खानाले बनाउँछ स्वस्थ

धेरैजसो मान्छे आफू फरक देखिन चाहन्छन् । जस्तै कोही मोटो छ भने उ दुब्लो देखिन चाहना राख्छ होला वा दुब्लो मान्छेलाई ठिक्कको तौल भइदिएहुन्थ्यो भन्ने लाग्छ । मानिसहरु बाहिरीरुपमा राम्रो देखिन चाहिरहेका हुन्छन् तर समग्रमा स्वास्थ्यलाई त्यति ध्यान दिइरहेका छैनन् ।

दसैंमा सन्तुलित भोजन कसरी गर्ने?  

दसैं स–परिवार तथा नातागोतासँग रमाइलो गर्ने पर्व हो । आर्शीवाद लिने र दिने पर्व हो । दसैं भन्नेबित्तिकै खाउँला पिउँला भन्ने दिमागमा आउँछ । दसैं भनेकै खाने र पिउने भनेर बुझेका छौँ । र हामी सन्तुलित आहार खानमा त्यति ध्यान दिँदैनौँ । खसी र रक्सीमा मात्र ध्यान दिनुहुन्न । मुख्य कुरा आफ्नो र परिवारको स्वास्थ्य महत्त्वपूर्ण कुरा हो । सन्तुलित भोजन गर्दै रमाइलो गरेर दसैं मनाउनुपर्छ । 

रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्ता खानेकुरा खाने ?

हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ ।