वादी समुदाय केवल एउटा ‘बस्ती’ होइन, विशाल इतिहास र संस्कृति बोकेको जीवन्त समुदाय हो । तर, वादीमाथि बनेको फिल्म ‘लालीबजार’ले वादी समुदायलाई एउटै कम्बल ओढायो, जहाँ सबै पात्र र परिवेश उस्तै देखिन्छन् ।
समयले ऋतु बदलिइरहे पनि वसन्त कहिल्यै आएन काब्राको जीवनमा / पालुवा पलाउनुअघि नै चुफामै टिपेर, नुनचुक मोलेर, डब्बामा खाँदेर/ बन्द गरिदिए छिमेकीले ।
बाबाले बनाएको देउता बेचेपछि आमा ताउलो पोल्थिन् । ती देउताले मेरो भोकको भर्पाइ गर्न सकेनन्, अभाव र सुस्केरा सुनेनन् ।