स्वयम्भुकी सुसम थापाका ४९ वर्षीय श्रीमानलाई गत वर्ष जेठमा कोरोना संक्रमण भयो । लक्षण जटिल देखिएको थियो । कोभिड निमोनिया भएपछि उनलाई ५ महिना अस्पताल बस्नुपऱ्यो । ७ दिन त भेन्टिलेटरमै बसे । थापाका अनुसार कोभिड हुनुभन्दा पहिला उनी एकदम स्वस्थ्य व्यक्ति थिए तर पोस्ट कोभिडले उनको स्वास्थ्यमा धेरै प्रभाव पऱ्यो । सुसम भन्छिन्–‘ अहिले निको हुँदै हुुनुहुन्छ तर अझै पनि खोकी लाग्ने, छिटो थाक्ने लगायत समस्याहरु भने छन् । फलोअपमै रहन्छौँ ।’
कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन र लक्षण देखिएमा परीक्षण गराउन भन्दै विज्ञहरूले सचेत गराएका छन् । संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी संक्रमण उकालो लागेसँगै शंकास्पद लक्षण देखिए परीक्षण गराइहाल्नुपर्ने बताउँछन् । उनका अनुसार समयमै परीक्षण गराउँदा त्यसले जोखिम समूहलाई धेरै हदसम्म जोगाउँछ ।
बर्खायाम लागेसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका छन् ।
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ (आमाको दूध)को सेटअप तयार भएको छ । आमाहरूले दान गर्ने दूध सुरक्षितरूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी खोलिएको ‘ह्युमन मिल्क बैंक’ को औपचारिकरुपमा उद्घाटन भने भदौमा गरिने भएको छ ।
नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएको छ । सोमबार एकैदिन ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ र एक जनाको मृत्यु भएको छ । आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो ।
केही दिनअघि कान्ति बाल अस्पतालको ओपीडीमा ज्वरो आउने, आँखा पाकेर रातो हुने, खोकी लाग्ने लक्षण भएकी ११ महिनाकी बालिकालाई जाँचका लागि ल्याइयो । उनका लक्षण एडिनो भाइरसको लक्षणसँग मिल्दाजुल्दा थिए ।
कोरोना संक्रमण केही दिनयता उकालो लाग्ने क्रममा छ तर खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।
कोरोना संक्रमणका कारण दुई दिनमा दुई जनाले ज्यान गुमाएका छन् । करिब अढाई महिनामा कोरोना मृत्यु शून्य रहेकामा पछिल्लो दुई दिनमै संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो । मृत्यु भएका संक्रमितमा दीर्घरोग पनि नभएको पाइएको छ ।
नेपाल सरकारले विभिन्न माध्यमबाट प्राप्त गरेको कोरोनाविरुद्धको खोपमध्ये करिब २५ लाख डोज मौज्दात नरहेको पाइएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा २४ लाख ६८ हजार ७०४ कोभिड खोपको मौज्दात तथ्यांकको आधारमा कम देखिएको उल्लेख छ ।
ओखलढुंगा निवासी १९ वर्षीया किशोरीको जिब्रो बाहिर निस्किएको, मुख बन्द गर्न नसकेर श्वासप्रश्वासको समस्याले छट्पटिएको अवस्थामा किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा ल्याइयो । घाँटी पनि सुन्निएको थियो । जसले गर्दा ज्वरो आउनुका साथै २ दिनसम्म केही पनि खान सकेकी थिइनन् ।