सल्यानका सामुदायिक वनबाट ६ दिनमा आठ थान बन्दुक बरामद

ती बन्दुक वन्यजन्तु चोरीसिकार गर्नेले लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जेष्ठ १८, २०८३

विप्लव महर्जन

Eight guns seized from Salyan community forest in 6 days

सल्यान — जिल्लाका विभिन्न स्थानका तीन वटा सामुदायिक वनबाट ६ दिनमा आठ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ ।  

बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट ३, बस्नेउरा सामुदायिक वनबाट ३ र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट २ गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।  

सामुदायिक वनमा लुकाई राखेको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताए । गोप्य सूचनाका आधारमा बरामद गरिएका ती बन्दुक कसले राखेको भन्ने खुलेको छैन । उनका अनुसार बरामद गरेका सबै बन्दुक प्रयोग गर्न मिल्ने खालका छन् । ती बन्दुक वन्यजन्तु चोरीसिकार गर्नेले लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully