सुरुमा सभापतिका लागि ५ जना आकांक्षी थिए । तर ३ जनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए ।
सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का विजयी भएका छन् । उनी २ सय ८८ मतसहित सभापतिमा दोहोरिएका हुन् ।
खड्काका प्रतिद्वन्द्वीहरु नन्दकिशोर बस्नेतले ३५ र स्नेहा उपाध्याय नेपालले ६३ मत प्राप्त गरे । सोमबारदेखि सुरु भएको रास्वपाको प्रथम अधिवेशनमा सोमबार साँझसम्म नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास असफल भएपछि मंगलबार बिहान मतदान गरिएको थियो । खड्का रास्वपा कर्णाली प्रदेशको संस्थापक सभापतिसमेत हुन् । उनी रास्वपा सभापति रवि लामिछाने निकट मानिन्छन् ।
सुरुमा सभापतिका लागि ५ जना आकांक्षी थिए । तर ३ जनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए । अधिवेशनमा ५ सय ३० प्रतिनिधिले सहभागिता जनाएकोमा ४ सय जनाले मतदानमा भाग लिएका थिए ।
सभापतिका प्रत्यासी बस्नेतले मतदान सकिएपछि प्रतिनिधि छनोटमा एकलौटी भएको जनाउँदै अधिवेशन स्थगित गर्न रास्वपा केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी दिएका थिए । अन्य पदहरुमा मतगणना जारी छ ।
