कणालीमा जलस्रोत तथा उर्जा विकासका लागि ४ अर्ब ८१ करोड

कर्णाली सरकारले सरकारी लगानीमा सञ्चालित जलविद्युत् आयोजनामा शेयर लगानी गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

असार २, २०८३

कृष्णप्रसाद गौतम

4.81 billion for water resources and energy development in Kanali

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष जलस्रोत तथा उर्जाको विकासका लागि ४ अर्ब ८१ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले सोमबार प्रस्तुत गरेको बजेट मन्तव्यमा सरकारी लगानीमा सञ्चालित जलविद्युत् आयोजनामा शेयर लगानी गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । 

उनका अनुसार बुलबुलेदेखि निकास खोलासम्म बहुउद्देश्यीय परियोजनाअन्तर्गत बुलबुले–काक्रेविहार खण्ड कार्यान्वयन गर्न २० करोड ३३ लाख रुपैयाँ छुट्याइएको छ । 

त्यस्तै सिमकोट, खारखोला सिँचाइ, तातोपानी, सिस्नेरी, मालारानीलगायत एक दर्जन योजनाका लागि ६ करोड ६३ लाख, जुम्ल्याहामूल ताल वहुउद्देश्यीय योजनाका लागि ३ करोड र जनता तटबन्ध कार्यक्रमका लागि ८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

ठूला उद्योगको विकासका लागि विद्युत् योजना सञ्चालन गर्न ४ करोड र ठूलोकुलो सिँचाइ योजनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शाहले जानकारी दिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully