शंकर तिवारी

शंकर तिवारीका लेखहरु :

गणतान्त्रिक संसद् कि राष्ट्रिय पञ्चायत ?

एमाले संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रम–२०८०/८१ लाई पारित गर्न नदिने उद्घोष गरेका प्रतिपक्षी नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दुई घण्टा लामो पट्यारलाग्दो टिप्पणी गरेका थिए ।

साहित्यिक चेत भएका लोकतन्त्रका अथक योद्धा

सोलुखुम्बुको लिखुखोलाको अभिजात परिवारमा २००२ सालमा जन्मेका राजनीतिक व्यक्तित्व पुरुषोत्तम बस्नेतको वैशाख २९ गते शुक्रबारका दिन निधन भयो । सक्रिय राजनीतिसँगै विचार निर्माण कार्यमा संलग्न रहने राजनीतिज्ञहरूको अभाव महसुस भैरहेको बेला पुरुषोत्तम बस्नेतको प्रस्थान गम्भीर चिन्ताको विषय हो । पछिल्लो समयमा सार्वजनिक सभा–समारोहमा त्यति धेरै उपस्थित नहुने र काठमाडौंको सिफलमा रहेको निजी निवासमा चिन्तन–मनन र लेखनमा अभ्यस्त रहने उनको दिनचर्या थियो । बीपी कोइराला र कांग्रेस पार्टीका अनेकन् अप्रकाशित सामग्री र इतिहासउपर घोत्लिनमा उनलाई अपार आनन्द लाग्थ्यो ।

देउवा नेतृत्व ‘एसेट’ कि ‘लायबिलिटी’ ?

उपनिर्वाचन परिणामपछि नेपाली राजनीति कता जाँदै छ भन्ने बहस जारी छ । एमाले, माओवादीलगायतका पार्टीलाई उपनिर्वाचनको परिणामले खास फरक नपरे पनि कांग्रेसी वृत्त अत्यन्त तरंगित देखिन्छ ।

लोकरिझ्याइँको बढ्दो खतरा

२०६३ सालमा जनआन्दोलनको राप र तापमा राजा ज्ञानेन्द्रले जनअधिकार फिर्ता गर्दै लोकतन्त्र घोषणा गरेको १८ वर्ष पुग्न लागेको छ । यसबीच लोकतन्त्रमाथि अनेक संकट मात्र आइलगेनन्, राजनीतिक दलहरूको सुझबुझले ती संकट पार पनि लागे । दुईवटा संविधानसभाको निर्वाचनदेखि गणतान्त्रिक संविधान अन्तर्गत दुईवटा संसदीय, प्रदेश र पालिकास्तरीय चुनाव पनि सम्पन्न भएका छन् । २०८० को दशकमा पाइला राख्दै गर्दा लोकरिझ्याइँ लोकतन्त्रका लागि नयाँ खतरा बनेर आएको छ । यो आलेख लोकतन्त्र अनेक संकटबाट जुझ्दै कसरी अगाडि बढ्दै आएको छ र लोकरिझ्याइँबाट कसरी जोगिन सक्छ भन्नेमा केन्द्रित रहनेछ ।

उपनिर्वाचनको अतिरिक्त तरंग

रामचन्द्र पौडेल (तनहुँ १) रमसहाय यादव (बारा २) रवि लामिछाने (चितवन २) निर्वाचित भएका क्षेत्र रिक्त हुन पुगेपछि ती स्थानमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ । अहिलेको संसद्मा सत्ता गठबन्धनको अंकगणितमा यो उपनिर्वाचनले केही तात्त्विक फरक पर्दैन, तर पनि यसको महत्त्वलाई उपेक्षा गरिहाल्न मिल्दैन । यो आलेख उपनिर्वाचनले उत्पन्न गरेको तरंग र राष्ट्रिय राजनीतिमा पर्न सक्ने प्रभावबारे केन्द्रित हुनेछ ।

क्रिकेटको सफलतामा प्रतिविम्बित गणतन्त्र

सिंगो देशलाई नै उद्वेलन गर्ने गरी सकारात्मक समाचारको खडेरी हुने नेपालमा गत हप्ता क्रिकेटले अभूतपूर्व खुसी दियो । असम्भव मानिएको कीर्तिमान भंग गर्नुपर्ने जितको लक्ष्यभेदन गर्दै क्रिकेट विश्वकप छनोट खेल्न जिम्बावे पुग्ने नेपाली सपना साकार भयो । सात टोली सम्मिलित लिगमा पुछारबाट दोस्रो टोली बाँकी १२ खेलमध्ये ११ वटामा विजयी हुँदै शीर्षबाट तेस्रो स्थानमा पुग्नु एउटा चामत्कारिक पुनरागमनको इतिहास बन्यो ।

सत्ता सम्झेर छटपटाएका ओली

बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले कतै भनेका छन्, ‘राजनीति भनेकै भोलि, अर्को हप्ता, अर्को महिना र अर्को वर्ष के हुन्छ भनेर बोल्ने क्षमता हो । र ती घटना भने अनुसार नभएपछि फेरि आफ्नै बोलीको बचाउ गर्ने कला पनि हो ।’ यो भनाइ आजका मितिमा नेपाली राजनीतिमा कसैका हकमा लागू हुन्छ भने केपी ओलीका हकमा ज्यादा लागू हुन्छ । यो आलेख तिनै वाक्पटु नेता ओलीको पछिल्लो दशक र अबको बाटोका बारेमा केन्द्रित रहनेछ ।

सिंहदरबारमै रुमलिएका प्रचण्ड

फागुन ७ गते प्रजातन्त्र दिवसको भन्दा ज्यादा चर्चा यस पटक फागुन १ गते माओवादीले ‘जनयुद्ध दिवस’ भनी पहिलो पटक दिएको सार्वजनिक बिदाको भयो । सार्वजनिक बिदा कटौतीको बहस चलिरहेका बेला भएको अप्रत्याशित निर्णयमा सरकारमा सामेल दलहरू प्रचण्ड–निर्णयका सामु नतमस्तक हुनु स्वाभाविक भए पनि प्रतिपक्षी कांग्रेसले समेत औपचारिक तवरमा विरोध गर्ने तेवर देखाएन ।

लरबरिएको राजनीति र निकासको उपाय

दोस्रो गणतान्त्रिक संसद्का लागि निर्वाचन भएको तीन महिना पूरा हुन लागेको छ । यसबीच संसद्ले प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ । प्रधानमन्त्रीको शपथ लिएको डेढ महिना बितिसक्दा पनि सरकारको पूर्णताबारे यकिन भन्न सकिने अवस्था छैन । राजनीतिक अन्योल यथावत् छ । नयाँ राष्ट्रपतिका लागि निर्वाचन नहुँदासम्म राजनीतिको दिशा कता जाने हो, पत्तो छैन । यही अन्योलको अवस्था र यसको निकासका बारेमा यो आलेख केन्द्रित रहनेछ ।

समाजवादोन्मुख राज्यमा प्रेमको आत्मदाह

युवा उद्यमी प्रेमप्रसाद आचार्य सन्तोषले मंगलबार दिउँसो नयाँ बानेश्वरमा संसद् चलिरहेका बेला संसद्भवन परिसरबाहिर आत्मदाहको प्रयास गरे । आत्मदाहको प्रयासलगत्तै कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान उनले प्राण त्यागेका छन् । यो घटनालाई आर्थिक, सामाजिक, राजनीतिक अनेक आयामबाट हेर्न सकिन्छ । यो लेख त्यही आत्मदाहले उब्जाएका अनेक सवाल र आयाममा केन्द्रित रहनेछ ।