२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

विष्णु रिजाल

विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

विष्णु रिजालका लेखहरु :

बीआरआईमा अनिच्छा कि लापरबाही ?

छिमेकी चीनद्वारा अघि सारिएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा नेपालले हस्ताक्षर गरेको ७ वर्ष बितेको छ । तर कुन परियोजनामा लगानी गर्ने र कस्तो मोडालिटी अपनाउने भन्नेमा दुई मुलुकबीच अझै सहमति हुन सकेको छैन । हालै चीनका विदेश उपमन्त्री सुन वइडोङको नेपाल भ्रमणका क्रममा बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो तर ठोस प्रगति भएन ।

भारतीय लोकतन्त्रको पुनर्ताजगी

भारतमा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र दामोदारदास मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । अघिल्ला दुई कार्यकालझैं मन परेका छिमेकीलाई बोलाएर तामझामका साथ शपथग्रहण गर्दै उनले कार्यकाल सुरु गरिसकेका छन् । अघिल्ला दुई कार्यकालमा एक्लै बहुमत ल्याएका मोदीले यस पटक बहुमत गुमाएर आफ्नो पार्टीको नेतृत्वमा बनेको न्यासनल डेमोक्र्याटिक एलाइन्स (एनडीए) मा भर पर्नुपरेको छ ।

कम्युनिस्ट आन्दोलनको भविष्य

वैशाख १०, २००६ (अप्रिल २२, १९४९) मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारत कलकत्तामा स्थापित नेपाल कम्युनिस्ट पार्टीले ७५ औं वर्ष प्रवेश गर्दा यसले नेपालमा सबभन्दा ठूलो आन्दोलनका रूपमा आफूलाई स्थापित गरेको छ । आश्चर्य त विश्वबाटै कम्युनिस्ट सत्ताहरू धमाधम ढल्दा र कम्युनिस्ट पार्टी दुब्लाउँदै जाँदा नेपालमा चाहिँ कम्युनिस्ट जनमत प्रभावशाली छ ।

ओली-दाहालले पक्रेको सही बाटो

त्रिशंकु संसद्मा समीकरण र सरकार फेरिनु त्यति अनपेक्षित होइन । जब सहयात्रीका बीचमा गम्भीर मतभिन्नता देखा पर्छन्, तब एकले अर्कालाई छाड्ने र नयाँ सहयात्रीको खोजी गर्ने कुरालाई अस्वाभाविक मान्न सकिन्न । अझ झन्डै आठ दशकको अवधिमा कुनै सरकारले कार्यकाल पूरा गर्न नपाएको मुलुकमा एउटै समीकरण धेरै समय चल्छ भन्दा पत्याउन मुस्किल पर्छ ।

अस्थिरताको नियमित आकस्मिकता

जनवरी ८, २०२४ मा ‘इन्डिया टुडे’ मा प्रकाशित अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा बलियो सरकार चाहिने तर्क गर्दै भनेका छन्, ‘आज जनता, विज्ञ, विचारनिर्माता र मिडियाका साथीहरूका बीचमा पनि एकमत के छ भने, हाम्रो मुलुकलाई मिलीजुली सरकार आवश्यक छैन ।

नयाँ शक्तिको पुरानो भाष्य

लोकतन्त्रमा दलहरूले आफूलाई अद्यावधिक गराइरहन सकेनन् भने तिनको अस्तित्व क्रमशः मेटिँदै जान्छ । नेपालमा प्रमुख दलहरूले या आफैं लागेर परिस्थितिमा परिवर्तन ल्याएका छन् या त परिस्थितिमा आएको परिवर्तनअनुकूल आफूलाई अद्यावधिक गराएका छन् ।

बदलिँदो चीन, बदलिँदा आकांक्षा !

चिनियाँ कम्युनिस्टसँग भन्नका लागि धेरै कुरा छन्, त्यसभन्दा बढी देखाउनका लागि धेरै काम छन् । त्यसैले अहिले तपाईं कुनै औपचारिक कार्यक्रममा चीन जानुहुन्छ भने तपाईंका लागि मुख्य कार्यक्रमजत्तिकै समय अवलोकन र अध्ययन भ्रमणमा छुट्याइएको हुन्छ ।