२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अरुणा उप्रेती

डा. उप्रेति पोषणविद् तथा लेखक हुन् ।

अरुणा उप्रेतीका लेखहरु :

स्वस्थ रहन प्रोटिन

हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर खान्छन् । तर, यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर भारतका जनस्वास्थ्य विज्ञहरूले भनेका छन् । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । मांसपेशी र हाड बलियो बन्न प्रोटिन चाहिन्छ, यसले कपाल र नङ स्वस्थ राख्छ ।

पौष्टिक भोजनकै बेवास्ता ?

केही महिनाअघिको कुरा । ८ महिनाको बच्चालाई ज्वरो आएकाले अभिभावकले बालरोग विज्ञकहाँ लिएर गएछन् । ‘यसले खाना खान किचकिच गर्छ, के गर्ने होला ?’ बाबुको कुरा सुनेर बालरोग विज्ञले भनेछन्, ‘सेरेलेक खुवाउनुस् न ।’  ‘सेरेलेकमा त धेरै चिनी हुन्छ, एक वर्षमुनिको बच्चालाई चिनी दिनु हुँदैन भन्छन् नि,’ बाबुले आफ्नो बुझाइ सुनाए ।

उपचारको दुष्प्रचार

बाबा रामदेवले योगको प्रचार गरेर जनस्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेकामा कुनै शंका छैन । जब उनले योगले क्यान्सर, छारेरोग पनि ठीक पार्छ भनेर झूट बोल्न थाले तब समस्या सुरु भयो । साथै ‘आधुनिक औषधि र डाक्टर खत्तम, मेरो आयुर्वेद औषधि मात्रै राम्रो’ भन्ने उनको प्रचारले जनतामा धेरै भ्रम पर्न गयो ।

मानसिक स्वास्थ्य र योग

भारतको कर्नाटकमा राष्ट्रिय मानसिक स्वास्थ्य र स्नायु विज्ञान संस्थान छ । यहाँ मानसिक रोग विज्ञहरूको उच्च स्तरको पढाइ पनि हुन्छ । सन् १९७० मा खुलेको यो संस्थानमा आयुर्वेद अध्ययनका साथै योगासनले मानसिक बिरामीलाई कसरी फाइदा गर्छ भनेर पनि अनुसन्धान सुरु भएको छ ।

खस्किरहेको विद्यालय शिक्षा

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक दिएको छ । तर, सबैलाई सरकारी विद्यालयमा शिक्षा निःशुल्क छैन । अनेक शीर्षकका शुल्क असुल्ने गरिएको छ ।

मस्तिष्क र स्वस्थ भोजन

भोजन र स्वास्थ्यको सम्बन्धबारे विश्वभरि धेरै अध्ययन भएका छन्, हुँदै छन् । मानसिक स्वास्थ्य र भोजनको सम्बन्धबारे भने विस्तारै अध्ययन हुँदै छ । हाम्रो समुदायमा कति जनाले ‘खानाले पनि मस्तिष्कलाई स्वस्थ राख्छ र ?’ भनेर प्रश्न पनि गर्छन् । ‘मानसिक स्वास्थ्य र भोजनको सम्बन्ध हुन्छ र ? यो होइन होला’ भन्नेहरू पनि छन् ।