अहिलेको जनमतले खोजेको परिवर्तन हाम्रा गाउँहरू फेरि भरिभराउ हुन्, खेतबारीमा हरियाली फर्कियोस् र हाम्रा छोराछोरीले विषादीरहित स्वस्थ खाना खान पाऊन् भन्ने हो । यो परिवर्तन ल्याउने साहस र दृढता तपाईंको नेतृत्वमा सम्भव छ ।
घरपरिवारकै सदस्य वा स्कुलमा दुर्व्यवहार हुँदा किशोरीहरू चुप लाग्छन्, साना बालबालिकाहरूलाई त दुर्व्यवहार गरेको पनि थाहा हुँदैन, त्यसैले बुबाआमा र परिवारका सदस्यले उनीहरूलाई सम्भावित दुर्व्यवहारबारे शिक्षा दिनुपर्छ, प्रतिवाद गर्न सिकाउनुपर्छ
बट्टाको जुसमा ७० प्रतिशतभन्दा बढी चिनी हुन्छ, फलफूलको नाममा रसायन राखिएको हुन्छ । त्यसैले धेरै दिनसम्म पनि यो बट्टामा राखिएको जुस बिग्रिादैन तर यो खाँदा बच्चाको स्वास्थ्यचाहिँ बिग्रन्छ, त्यसैले पाँच अमृतमध्येको एक दही खाऔं, मोही खाऔं ।
मेवालाई जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, कब्जियत, खाना नपच्ने समस्या हटाउन सघाउँछ, मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर हुन्छ
ढाड दुख्नुको मतलब ढाडका मांसपेशीका तन्तु कमजोर हुनु हो । ती तन्तुलाई आराम दिने हो भने धेरै हदसम्म राहत मिल्छ ।
आयुर्वेद ज्ञानलाई महत्त्व दिनुको अर्थ आधुनिक ज्ञानलाई नकार्नु पक्कै होइन । तर, आयुर्वेदिक जीवन पद्घतिबार जानकारी दिने, आमजनतामा यसको फाइदा बुझाउने कसले ?