‘राजनीतिक डिपफेक्सले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सिर्जना गरिएका भिडियोहरूले व्यक्तिलाई तीव्र रूपमा साँचो सामग्रीबाट अलग्याउनै नसकिने अवस्थाबाट नक्कली भिडियोहरूमा पुर्याउँछन् । यी भिडियोहरूमा मतदाताको विश्वासलाई कमजोर पार्ने क्षमता हुन्छ र यिनले चुनावी परिणाम परिवर्तन गर्न सक्छन् । विकृत जानकारीलाई नियमन गर्दा महत्त्वपूर्ण के छ भने, स्वतन्त्रता र अभिव्यक्तिको आजादीजस्ता चिन्ताहरूका साथै दायित्वहरू कहाँ रहनुपर्छ भन्ने प्रश्नहरू उठ्छन्’ (एन्ड्र्यु रे, ‘डिसइन्फर्मेसन, डिपफेक एन्ड डिमोक्रेसिज,’ यूएनएसडब्ल्यू ल जर्नल, सन् २०२१) ।’
वाल्टर लिप्पम्यानले पब्लिक ओपिनियनको अवधारणा अघि सार्दै एजेन्डा सेटिङको सिद्धान्तका बारेमा भनेका थिए, ‘मिडियाले विश्व परिस्थितिका बारेमा छवि निर्माण गर्दछ, जसले संसारको वास्तविकतालाई प्रतिविम्बित गर्दैन ।’ सामाजिक र डिजिटल मिडियाको बढ्दो प्रयोगले एजेन्डा सेटिङको भूमिकालाई परिवर्तन गरेको छ ।
मध्यपूर्वको नाभिमा यति बेला तेस्रो विश्वयुद्धको रिहर्सल भएजस्तो गरी विश्वभरि राजनीतिक तरंग उत्पन्न भएको छ । हमास–इजरायल युद्धले १० हजारभन्दा बढी मानिसको मृत्युको आँकडा पार गर्दैगर्दा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा तीन पटक भिटो प्रयोग भएको छ । सबैभन्दा पहिले परिषद्को सदस्यराष्ट्र ब्राजिलले अक्टोबर १८ मा मानवीय सहायताका लागि इजरायल–गाजाबीच गरेको अस्थायी युद्धविरामको प्रस्तावलाई अमेरिकी भिटोले असफल बनाएको थियो ।
सम्भवतः आधुनिक विश्वको सबैभन्दा लामो युद्ध–विभीषिकाको अनवरत मैदान हो— प्यालेस्टाइन । सन् १९४६ यताको समयलाई मात्र गणना गर्ने हो भने पनि २००७ देखि विश्वमानचित्रमा प्यालेस्टाइन गायब भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको सन् २०१९ मा भएको २३ वर्षपछिको नेपाल भ्रमण जति उत्साहजनक थियो, त्यसको चार वर्षपछि नेपालले प्रतिबद्धता पूरा नगरेको भन्दै चिनियाँ पक्षले खुलै रूपमा तीतो पोखिरहेका बेला भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले पनि कुनै नयाँ उत्साह भर्न सकेन । झनै गहिरो गरी चिनियाँहरूलाई नेपालप्रति सशंकित बनाइदिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदासीन भएको तीन महिना नपुग्दै उत्साहजनक रूपमा प्राप्त निमन्त्रणा थियो— चीनको प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्च बोआओ फोरममा सहभागी हुने गरी बेइजिङको यात्रा ।
स्थानीय निर्वाचनले सबैभन्दा बढी बेचैन नेकपा एमालेलाई बनाएको छ । एमालेको मनोगत शक्ति विश्लेषणलाई स्थानीय चुनावले गलत साबित मात्र गरिदिएको छैन, आसन्न भविष्य पनि निकै सकसपूर्ण रहेको संकेत गरेको सहजै अनुमान गर्न सकिन्छ । एमालेको शक्तिबारे एमाले र सत्तारूढ दल कांग्रेसको विश्लेषण भ्रमात्मक थियो ।
नेपालका प्रमुख राजनीतिक पार्टीहरूको विदेशनीतिको चर्चा गर्नुपूर्व देशको विदेशनीति कस्तो रहँदै र कसरी बन्दै आएको छ भन्ने स्मरण गरिनुपर्छ । नेपालको विदेशनीति भन्नु नै कसरी भारतलाई रिझाउने र चीनको चित्त नदुखाउने तथा वैश्विक बहावमा ताल मिलाएको अभिनय गर्ने भन्नेमा केन्द्रित रहँदै आएको छ ।
विश्व पुँजीवादको एकाधिकार र विपन्न तथा कमजोर राष्ट्रहरूमाथिको शोषणबारेको एकीकृत नेकपाको निष्कर्षलाई (नेकपाको राजनीतिक प्रतिवेदन, पृ. ३) नै प्रचण्डले सही ठहर्याएर विस्तृतमा व्याख्या गरेका छन् ।