आलोचना गर्दा किनारीकृत भइने तर शासकको भजन गाउँदा सल्लाहकार, राजदूत वा विभिन्न प्रतिष्ठानको नेतृत्व पाइने लोभले उनीहरूको आलोचनात्मक चेतलाई भुत्ते बनाइदिन्छ ।
नेपालमा वामपन्थको इतिहास जनआन्दोलन, माओवादी जनयुद्ध र संविधानसभाबाट गणतन्त्र स्थापनासम्म विस्तारित छ । यो यात्रामा वामपन्थले भूमिहीन किसान, दलित, जनजाति, महिला र सीमान्तकृत समुदायका आवाजलाई राजनीतिक मूल प्रवाहमा ल्याउने काम गरेको छ ।
अब रास्वपा र विशेशगरी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनलाई पार्टीबाट स्वतन्त्र निर्णय गर्न दिएमा मात्र प्रचण्ड बहुमतको भविष्य निर्धारण गर्ने निश्चित।
दुनियाँभरका विभिन्न रूप र रङका पपुलिस्ट दलहरूले व्यक्तिगत लोकप्रियतालाई हतियार बनाएर चुनावी फाइदा लिन खोज्छन् तर दीर्घकालीन सुशासनका लागि आवश्यक नीतिगत ढाँचा कदापि निर्माण गर्दैनन् ।
अरब–स्प्रिङ भनिने ट्युनिसिया विद्रोहदेखि नेपालको जेन–जी विद्रोहसम्मका अनुभव सुखद छैनन् । नेपाल एक अपवाद हुन सक्ने प्रचुर सम्भावनालाई नेपालका रैथाने दलले नराम्रोसँग गिज्याएर अघि बढ्दै छन् ।
संसारभरका वृद्धतन्त्रको साझा प्रवृत्ति भनेको नै दोष जति अरूको टाउकोमा थोपरेर वीरता र कीर्तिमानको गाथा गाउनेखालको कहिल्यै निको नहुने प्रवृत्तिको प्रदर्शन हो ।
नयाँ बृहत् सम्झौता जेन–जी विद्रोहको ‘संघीय जनादेश’ बन्नुपर्दछ, यसले पुरानो प्रणालीलाई चुनौती दिँदै नयाँ सुशासनको खाका दिनेछ । तर यसको सफलताका लागि सर्वपक्षीय सहमति र तत्काल कार्यान्वयन र आगामी संसद्को पहिलो बैठकबाट संवैधानिकता दिइनुपर्दछ ।
ओलीको सचिवालयका बिचौलियाले मेटाको आधिकारिक एजेन्सी प्राप्त गर्न असफल भएपछि ओली र उनका सञ्चारमन्त्रीलाई अघि सारेर सबै सोसल साइट नै बन्द गराउने प्रपञ्च रचिएको थियो।
सस्ता, असान्दर्भिक र दलालमैत्री कुरा गरेर बेरोजगार युवायुवतीमा जनसार्वभौमिकता केवल मिथक बन्दै गएको वैश्विक दूषित राजनीतिक वातावरणको उपयुक्त समाधान दिने राजनीतिक कृत्रिम बुद्धिमत्ता अझै फेला पर्न सकेको छैन ।
वित्तीय बाध्यताहरूले अमेरिकी विदेश नीतिमा थप कठोरताको मागलाई बलियो बनाउँदै छ