कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

दलीय राजनीतिबाट अलग शिक्षक

पाठक पत्र

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्र सुधारका लागि शिक्षकलाई राजनीतिक दलको झन्डा बोक्न नदिने भनी गरेको निर्णय स्वागतयोग्य छ । नेपाल सरकारको तलब खाएर दलको झन्डा बोकी आन्दोलनमा उत्रने शिक्षकले कहिल्यै विद्यार्थीको भलो गर्दैनन् ।

यस्तो जान्दाजान्दै पनि कारबाही नगर्ने पुराना दलहरूको स्वार्थ जनताले बुझिसकेका छन् । समय सधैं एकनास हुँदैन । दलहरूले विगतमा गरेका कर्तुतहरूको मूल्यांकन जनताले गरिरहेका छन् । शिक्षा क्षेत्रमा दलीय संघ/संगठन खोल्नु विद्यार्थीको भविष्य बिगार्नु हो । यो कुरा विद्यार्थीले पनि बुझुन् ।
– बद्री मास्के, गोरखा

प्रकाशित : वैशाख १४, २०८१ ०४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?